काठमाडौं । चीनको एउटा कम्पनीमा महिला कामदारले मालिकलाई म्वाइ खानुपर्ने नियम छ । सिन्ह्वाका अनुसार यसरी म्वाइखाँदा कामदार र व्यवस्थापनबीच सम्बन्ध सुमधुर रहन्छ भन्ने दाबी कम्पनीले गरेको छ ।

घरेलु रक्सी पार्ने मेसिन बेच्ने बेइजिङको तोङझाउ जिल्लामा रहेको कम्पनीले सबै महिला कर्मचारीलाई हरेक दिन बिहान मुखै जोडेर म्वाइ खानुपर्ने नियम बनाएको छ । कम्पनीका आधाभन्दा बढी कामदार महिला छन् । सिन्ह्वाले जनाएअनुसार उनीहरू बिहान ९ देखि ९:३० बजेसम्म लाममा लागेर मालिकको म्वाइ खान्छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseसुरुमा केही हिचकिचाए पनि बिस्तारै कम्पनीका महिला कामदारले म्वाइ खाने बानी पार्दै गएका छन् । जम्मा दुई जनाले मात्र म्वाइ खान नमानेर जागिर छाडेको सिन्ह्वाले उल्लेख गरेको छ ।

कम्पनीको मालिकले यस्तो चलन अमेरिकाको कम्पनीमा पनि देखेको दाबी गर्दै यसले महिला कामदार र मालिकबीच ‘माछा र पानी’को जस्तो निकट सम्बन्ध कायम गर्ने बताए ।

Comments

comments