काठमाडौं । लामो तथा छोटो दुरीका सवारी साधनहरु राजमार्गमा दैनिक गुड्ने गर्दछन् । दैनिक रुपमा चल्ने यस्ता सवारी साधनहरु आ–आफ्नो तोकिएको स्थानमा नास्ता र खानाको लागि रोकिने गर्दछन् । दैनिक रुपमा आउने जाने यात्रुहरुलाई खाना र नास्ता खुवाउन विभिन्न स्तरका होटलहरु राजमार्ग छेउ छाउमा खुलेका छन् ।

तर यसरी संचालनमा आएका होटल रेष्टुरेन्ट र लजहरुको लापरवाही तथा मनोमानीले चर्कोमुल्य तिरेर पनि कम गुणस्तरको खाना खान यात्रुहरु बाध्य भएका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseआफुले तिरेको पैसा वरावरको सन्तुष्टि प्राप्त गर्न पाउनु उपभोक्ताको अधिकार हो । तर राजमार्गमा संचालमा रहेका होटल लज र रेष्टुरेन्टहरुले चर्को मुल्य लिएर कम गुणस्तरको खाना तथा नास्ता यात्रुहरुलाई दिने गरेका छन् । सवारी चालक र होटल व्यवसायी विच हुने आपसी समभ्mदारीका कारण यात्रुहरु ठगिदै आएको छ । सवारी चालक र होटल व्यवसायी विच आपसी समभ्mदारी हुने गरेको र सवारी चालकलाई चाडपर्वमा भत्ता समेत दिने गरेको स्वीकाछन् होटल व्यवसायी ।

सवारी चालकले विकल्प नभएको ठाँउमा लगेर रोकिदिएपछि यात्रुहरु वाध्य भएर खाना र नास्ता खाने गर्दछन् । तर यस्ता खाना तथा नास्ताको चर्को मुल्य तिर्नु परेको र आफुले तिरेको पैसा वरावरको सन्तुष्टि प्राप्त नभएको यात्रुहरुको गुनासो रहेको छ ।

सेवामुलक व्यवसाय भन्दा पनि नाफामुलक व्यवसाय राजमार्गमा खुलेका होटल व्यवसायीहरुको चिनारी बनेको छ । यस्तो व्यवसायीलाई निरुत्साहित पार्न यात्रुहरु आफैं सचेत हुन जरुरी छ । साथै राजमार्गमा हुने यस्तो मनोमानी र ज्यादतिलाई रोक्न सरोकारवाला निकायहरुले कडा कदम चाल्न आवश्यक छ ।

Comments

comments