मोरङ । दशै सुरु भए संगै वजारमा पाईने हरेक सामग्रीको मूल्य बढेको छ । प्रत्येक बर्षको दशै तिहार जस्ता चाडपर्वमा हरेक सामग्रीको मूल्य बढ्नु सामान्य जस्तै भएको छ । यस बर्ष पनि विराटनगरको बजारमा हरेक सामग्रीहरुको मूल्य अचाक्ली बृद्धि भएको उपभोक्ताहरुको गुनासो छ ।

सरकारले दशैको समयमा मात्र अनुगमन गर्ने गरेको त्यो पनि नामको हुने गरेको र प्रभावकारी अनुगमन नगरेकै कारण बजारमा जुनसुकै सामानको मूल्य अनियन्त्रित बन्ने गरेको उपभोक्ताहरुको गुनासो छ । उनीहरुले दशैंमा चाहिने लत्ताकपडा, खाद्यान्न, मरमसला र मासुजन्य पदार्थहरुको मुल्य वृद्धि गरिएकोले सर्वसाधारणहरु मारमा परेको बताएका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseसरकारले महंगी र मिसावट नियन्त्रण गर्न अनुगमन गरेको भनेपनि विराटनगरमा भने झारो टार्ने किसिमले अनुगमन गरिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । अनुगमन नभएकै कारण दशंैमा सबैभन्दा बढी विक्री हुने लत्ताकपडाको मुल्य दोब्बर सम्म बढाइएको उपभोक्ताहरु बताउछन् ।

एकातिर उपभोक्ताहरुले अत्यधिक मुल्य वृद्धि गरिएको कारण बजारमा छिरिनसक्नु भएको बताइरहेका बेला विराटनगरका व्यापारीहरुले सिमावर्ती जोगबनी बजारका कारण आफ्नो व्यापार सुकेको गुनासो गरेका छन् । जोगबनीमा दैनिक करिब ५ करोड रुपैया बराबरको सरसामग्रीको व्यापार हुने गरेको छ ।

दशैं राष्ट्रिय पर्व भएकाले सरकारले विभिन्न शहरहरुमा दशंै लगायतका चाडलाई लक्षित गरेर सस्तो बजार खोलेको छ । तर यस वर्ष विराटनगरमा भने सस्तो बजार नोखेलेको मूल्यमा एकरुपता नभएकाले उपभोक्ताले धेरै मुल्य तिरेर भए पनि सामान किन्न बाध्य भएको बताएका छन् ।

Comments

comments