काठमाडौं । १४ दिनअघि पूर्व गृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव घिमिरेसहित त्रिशूली नदीमा हराइरहेका मोहन घिमिरेको शव फेला परेको छ ।

प्रहरीका अनुसार देवघाटभन्दा केही माथि घुमाउने भन्ने ठाउँमा घिमिरेको शव फेला परेको हो । उनी माधवका काकाका छोरा हुन् ।

प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार हराइरहेका अन्यको खोजी जारी छ । असोज ९ गते आइतबार सबेरै त्रिशूलीमा खसेको जिपमा पूर्व गृहमन्त्री घिमिरेसहित अन्य दुईजना अझै हराइरहेका छन् ।

मुक्तिनाथबाट फर्किंदै गर्दा मुग्लिनबाट काठमाडौंतर्फ आउने क्रममा जिप सडकबाट नदीमा खसेको थियो ।

Comments

comments