काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय कार्यसूची र शक्ति सन्तूलन नै राष्ट्रिय सहमतिको मुल मन्त्र भएको बताउनु भएको छ ।

उहाँले मुलुकको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाको लागि सम्पूर्ण नेपाली एक हुन आवश्यक रहेको समेत बताउनुभएको छ ।

वडा दशैको उपलक्ष्यमा शुक्रबार एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले नेपालीको चाहना शान्ति,सुरक्षा, स्थायित्व, विकास र समृद्धि भएको उल्लेख गर्नुभएको छ । पछिल्लो केही दशकदेखि नेपाली जनताको दैनिक जीवनमा कुनै सकारात्मक परिवर्तन आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा संकट आएको बताउनुभएको छ । पूर्व राजा शाहले भ्रष्टाचार , अनियमितता,ढिलासुस्ती,दण्डहिनताको अन्त्य गरी जनमुखी शासन प्रशासन प्रारम्भ हुन नसकेकोमा दुःख व्यक्त गर्दै विकास निर्माण, उद्योग व्यवसाय फस्टाउने वातावरण समेत नबनाइएको उल्लेख गर्नुभएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseपरिपक्व परराष्ट्र नीति तर्जुमा गरेर देशको स्वाभिमान रक्षा गर्न आवश्यक भइसकेको बताउदै उहाँले परिवार छोेडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गर्न ढिलो भइसकेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

Comments

comments