काठमाडौं । दुई दशक अघि नेपाल टेलिभिजनका सर्वाधिक लोकप्रिय कार्यक्रम ट्वाक्कटुक्क फेरि प्रसारण हुने भएको छ ।

ट्वाक्क टुक्क रिटर्नस्को नाममा कान्तिपुर टेलिभिजनले शुक्रवार बेलुका ७ः३० बजे यो कार्यक्रमलाई प्रसारण गर्न लागेको हो । एड रिलिजले निर्माण गर्न लागेको ट्वाक्कटुक्क रिटर्नस्मा निर्देशन भने दिनेश डिसीको नै रहनेछ । पहिले पनि यसका निर्देशक डिसी नै थिए ।

ट्वाक्क टुक्कको नयाँ संस्करणमा दिनेश डिसी, महादेव त्रिपाठी, रेशम फिरिरी, शुशिला निरौला(बिम्ली), जुंगे भट्टराई, माधब पण्डित, शंकर पाण्डे, सुरेश असिम आदिको साथमा चर्चित पत्रकार ऋषि धमलाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

twgg-advertise२० बर्ष अगाडि बहुचर्चित निर्देशक दिनेश डिसी निदेशित त्यही बहुचर्चित कार्यक्रमबाट अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतको उत्पादन भएको थिÞयो ।

हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय राख्न लागिएको यस कार्यक्रमको दोस्रो भाग अर्थात आगामी साता भने जितु नेपाल रहनेछन् ।

Comments

comments