मेलबर्न । अष्ट्रेलियाले अर्को महिनादेखि ४ थरिका नयाँ वर्किङ भिसा उपलब्ध गराउने भएको छ । विद्यमान अस्थायी वर्किङ भिसा,ट्रेनिङ र रिसर्च भिसालाई प्रतिस्थापन गर्दै नयाँ वर्किङ भिसा दिन लागिएको हो ।

यहाँको संघीय सरकारले आउँदो नोभेम्वरदेखि यस्तो भिसा उपलब्ध गराउँने तयारी गरेको हो । नयाँ वर्किङ भिसा र तिनका विशेषताहरु यस प्रकार हुनेछन् :

१ सवक्लस ४०० टेम्पोररी भिसा

अष्ट्रेलियामा छोटो अवधिका लागि कुनै विशेष काम,समारोह,प्रशिक्षण वा गोष्ठी आदिमा सहभागी हुन आउने विदेशी नागरिकलाई यस्तो भिसा उपलब्ध गराइनेछ । यस्तो भिसामा अष्ट्रेलिया आउनेले निश्चित क्षेत्रमा म्याद अवधि रहेसम्म काम गर्न सक्नेछन् ।

२ सब क्लस ४०३ अस्थायी कार्य अर्थात इनटरनेशनल रिलेशन भिसा :

अष्ट्रेलियामा दुई देशीय सम्बन्ध विस्तार गर्न,सरकारका प्रतिनिधित्व गर्न वा कुनै मौसमी काममा सहभागी हुन आउनेले यस्तो भिसा पाउनेछन् ।

अस्थायी रुपमा केही समयका लागि अष्ट्रेलिया आउनेहरुलाई यो भिसा दिइनेछ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise३.सबक्लास ४०७ अस्थायी गतिविधि भिसा :

अष्ट्रेलियामा कुनै पेशागत प्रशिक्षणका लागि आयोजना गरिने प्रशिक्षण वा कक्षा सञ्चालनमा सहभागी हुन आउनेले यो भिसा पाउनेछन् ।

४ सबक्लास ४०८ अस्थायी गतिविधि भिसा :

अष्ट्रेलियामा आयोजना हुने कुनै सांस्कृतिक वा सामुदायिक गतिविधिमा सहाभगी हुन वा अवलोकन गर्न अष्ट्रेलियामा दर्ता भएका कुनै पनि संघ संस्थाको निम्तोमा आउनेले यो भिसा पाउनेछन् । यो भिसाले मनोरञ्जनको क्षेत्रमा कार्य गर्न अनुमति दिन्छ । अष्ट्रेलियामा आयोजना हुने विभिन्न कार्यक्रममा आउने कलाकारहरु पनि अब यही भिसा अन्तर्गत आउनेछन् ।

-हिमालयन कङ्गारु ‘करियर’ डेस्क

Comments

comments