मेलबर्न । अष्ट्रेलियामा अद्यागमन विभागको नाममा टेलिफोनबाट डर र त्रास देखाएर विदेशीहरुलाई ठग्ने गिरोहमा नेपालीहरु समेत संलग्न रहेको आशंका गरिएको छ । त्यसरी टेलिफोन गरेर ब्ल्याकमेल गर्नेहरुले नेपाली भाषा समेत प्रयोग गर्ने गरेको पाइएकोले नेपालीहरुको समेत संलग्नता रहेको आशंका गरिएको हो ।

ती गिरोहरुले आफूहरु अद्यागमन विभागबाट बोलेको भन्दै विभिन्न कानूनी डर र त्रास देखाई फोन गर्ने गरेका छन् । शुरुमा अँग्रेजीमा बोल्ने उनीहरुले अँग्रेजी नबुझ्ने नेपालीलाई नेपाली भाषामै जानकारी उपलब्ध गराउँने गरेका छन् । उनीहरुले प्रयोग गर्ने भाषा निकै शुद्ध हुने गरेको एक पीडितले बताए । तर गिरोहमा नेपाली संलग्नताबारे औपचारिक खुलासा भने कतैबाट अहिलेसम्म भैसकेको छैन ।

सरकारी कर्मचारी भन्दै विदेशी नागरिकहरुलाई फोन गरि कानूनी डर देखाइ रकम असुल गर्ने गरेको उजुरी आएपछि त्यस्ता गिरोहहरुबाट सावाधान रहन अष्ट्रेलियाको अद्यागमन विभागले अपिल गरेको छ । गिरोहले कागजपत्र अपुग भएको र त्यसका लागि केही शुल्क लाग्ने भन्दै विदेशी नागरिकहरुलाई टेलिफोन मार्फत डर र त्रास देखाउँने गरेको पाइएको छ । यदि शुल्क तिरेर समयमै कागजात नबनाए अष्ट्रेलियाबाट देश निकाला समेत हुनसक्ने भन्दै धम्की समेत दिने गरेको पाइएको भन्दै विभागले सचेत रहन भनेको छ ।

पछिल्लो एक महिनामा मात्र सयौं नेपालीहरुलाई समेत यस्तो अज्ञात टेलिफोन कल आउँने गरेको पीडितहरु बताउँछन् । ती व्यक्तिहरुले झण्डै १ लाख ५० हजार डलर असुल्न समेत भ्याइसकेको बताइएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseती गिरोहले विशेष गरि विदेशी नागरिकहरु र अस्थायी भिसा रहेकाहरुलाई शिकार बनाउँने गरेको पाइएको विभागले जनाएको छ । उनीहरुले भिसा प्रक्रियाका लागि कागजात र डकुमेन्ट अपूर्ण रहेको पाइएको डर देखाउँदै त्यसलाई मिलाउन वा जरिवाना वापतको शुल्क भन्दै पैसा असुल्ने गरेको अद्यागमन विभागले प्रष्ट पारेको छ । ती गिरोहले सामाजिक सञ्जालहरुबाट व्यक्तिको विवरण संकलन गर्ने गरेको पाइएको बताइएको छ ।

पछिल्लो समयमा त अझ यस्ता गिरोह एक कदम अगाडि बढेको पाइएको अद्यागमन विभागको अनुसन्धानले फेला पारेको छ । उनीहरुले व्यक्तिलाई टेलिफोन गरि उनीहरुका प्रियजन वा आफन्तजनलाई अद्यागमन प्रक्रिया पूरा नगरेको अभियोगमा पक्राउ गरिएको भन्दै भावनात्मक ब्ल्याकमेल गरि रकम असुल्ने प्रवृत्ति देखिएको उल्लेख छ ।

यस्ता गिरोहहरुले पटक पटक टेलिफोन गरि व्यक्तिलाई दबाब दिने र घरमै प्रहरी आएर पक्राउ गर्नेसम्मको धम्की दिने गरेको विभागले जनाएको छ । यस्ता गिरोहहरुले अक्सर गरेर आइट्युन्स कार्ड मार्फत रकम भुक्तानी गर्न दबाब दिने गरेको बताइएको छ ।

यस्ता गिरोहहरुको शिकार हुनबाट बच्न सामाजिक सञ्जालहरुमा आफ्नो पूर्ण ठेगाना,जानकारी वा सम्पर्क नम्बरहरु उल्लेख नगर्न विभागले सुझाव दिएको छ । यस्ता फोन कल आए प्रहरीलाई खबर गर्न वा अद्यागमन सम्बन्धी कुनै शंका लागेमा सीधा अध्यागमन कार्यालयमा सम्पर्क राख्न वा आधिकारिक वेवसाइटमा गएर जानकारी हेर्न सर्वसाधारणलाई अद्यागमन विभागले अपिल गरेको छ ।

Comments

comments