काठमाडौं । राष्ट्रपतिसहित राज्यका प्रमुख उपस्थित राष्ट्रिय कार्यक्रम सर्वोच्च अदालतको फूलकोर्ट (पूर्ण वैठक) बाट पारित नगरिएको भन्दै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशसहित केही न्यायाधीशले असन्तुष्टी जनाएका छन् ।

सर्वोच्च अदालतको आयोजनामा गत आइतबार ‘महिलाविरुद्धको हिंसा र न्यायमा पहुँच’ बिषयक राष्ट्रिय कार्यक्रम भएको थियो । यूएनडिपी अन्तर्गतको गैर सरकारी संस्था ‘रोलर’ को आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की, सभामुख ओनसरी घर्ती मगर, नेपाली सेनाका प्रमुख, प्रहरी प्रमुख, मन्त्री, मुख्य सचिवसहितउच्च पदस्थ व्यक्तिको सहभागिता थियो ।

यसअघि राष्ट्र प्रमुख उपस्थित हुने यस्तो प्रकृतिको कार्यक्रम पूलकोर्टबाट पारित गराउने प्रचलन थियो । सर्वोच्चका वरिष्ठ न्यायाधीश एवम् न्याय परिषद सदस्य वैद्यनाथ उपाध्यायले उक्त फूलकोर्टबाट पारित नगराइएको भन्दै असन्तुष्टी जनाएका छन् । उनले यस्तो प्रकृतिको कार्यक्रम गर्न उपयुक्त नरहेको पनि बताए । उपाध्याय उक्त कार्यक्रममा अनुपस्थित थिए । सर्वोच्च उच्च स्रोतका अनुसार कार्यक्रम गर्ने बिषयमा फूलकोर्टमा प्रस्ताव नराखिएको भन्दै उपाध्यायसहित न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, चोलेन्द्रसमशेर राणा, ओमप्रकाश मिश्र, देबेन्द्रगोपाल श्रेष्ठलगायतका न्यायाधाीश असन्तुष्ट छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseसर्वोच्चले नीतिगत निर्णय, फैसला, न्यायाधीश सम्मेलन, संविधान, नियम कानुनमा छलफलमार्फत् आफ्नो कुरा भन्न सक्ने भए पनि एनजिओको सहयोगमा गर्ने यो प्रकृतिको कार्यक्रम विचारणीय रहेको असन्तुष्टी उनीहरुको छ ।

यता वैदैशिक रोजगारमा प्रताडित भएर फर्किएका महिलामाथि प्रहरीद्वारा गरिएको ‘यौन हिंसा’ झल्किने नाटकका कारण सुरक्षा निकायको तेजोबध भएको भन्दै नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल कार्यक्रमबाट बाहिरिएको घटनाले अर्को विबादको रुप लिएको छ ।

Comments