काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापालाई भेट्ने अन्तिम इच्छा रहेको पत्र सार्वजनिक गरेकी जुम्लाकी सन्ध्या शाहीको बुधवार निधन भएको छ ।

बुधवार निधन भएकी सन्ध्याको बुधवार नै दाहसंस्कार भएको जुम्लाका स्थानिय महेन्द्र हमालले जानकारी दिए । सन्ध्याको पत्र सार्वजनिक भएपछि यहि ११ गते मन्त्री थापा उनलाई भेट्न उनको डेरामा गएका थिए ।

क्यान्सर रोगबाट पिडित उनले अस्पतालहरुमा विरामीलाई गरिने व्यवहार लगायतका अन्य पीडाका बिषयमा मन्त्रीलाई पत्र लेखि सार्वजनिक गरेकी थिइन् । भेटमा थापा र शाहीबीच केहि संवाद पनि भएको थियो ।मन्त्री भेट्न जाँदा अनेक पीडाका बीचमा पनि उनले मुस्कराएरै कुरा गरेकी थिइन् । बाचुन्जेल पीडालाई पचाएर मुस्कराएकी सन्ध्याले पीडाका बीच पनि मुस्कुराएरै अन्तिम सास लिइन् ।

उनको निधनमा सिंगो कर्णालीबासी दुखी रहेको स्थानियहरुले बताए । जुम्लाकी स्थानिय सन्ध्याको दाहसंस्कारमा जुम्ला र कर्णालीका कैयन सर्वसाधारण पुगेका थिए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggउनले मन्त्री थापालाई लेखेको पत्र यस्तो थियो :

माननीय स्वास्थ्यमन्त्री, गगन थापाज्यू, नमस्कार ।

जुन दिन मलाई भक्तपुर क्यान्सर हस्पिटलले मृत्युको पुर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो उन्नाईस बर्षे कलिलो मनमा कत्रो पहिरो गयो होला ? त्यो कसैले अनुमान गर्न सक्दैन । एकछिन अघिसम्म देखिएको उज्यालो संसार एकाएक चुक घोप्ट्याएको अँध्यारोमा परिणत भयो । त्यसदिन निकै रोएँ। मसँग रुनु बाहेकको विकल्प नै थिएन । शब्दमा व्यक्त गर्न सक्दिनँ त्यो पीडा । रुनु, रुनु र रुनु बाहेक मसँग न त्यो दिन कुनै उपाय थियो न अहिले छ ।

मलाई हरेक मानिसलाई जस्तै बाँच्ने, खेल्ने, रमाउने, घुमन्ने अरू केके गर्ने रहर थिए । अनगिन्ती सपनाहरु थिए । जब क्यान्सर फोर्थ स्टेजमा पुगेको थाहा भयो । त्यही दिनदेखि जीवनमा रात परेको छ तर सपना देख्न नमिल्ने र नसकिने रात ।

निदाउँदा पनि देखिने सपना एउटै हो मृत्युको । भनिएको छ, म अबको पुगनपुग तीन महिना बाच्न सक्छु अरे। यो शब्द यस्तो तीर भएको छ कि जुन हरपल मेरो मुटु घोच्न आइपुग्छ।

माननीय मन्त्रीज्यू जीवनको आशा मारिसकेकी एउटी केटीले किन तपाईंलाई पत्र लेखीरहेकी छु भने तपाईंबाट केही आशा छ । यो देशको सिस्टम, यो देशको भुगोल र अन्य कारणले कसरी यो अवस्थामा पुगें भन्ने बताउँदै छु । जसले तपाईंलाई नीति बनाउन सहयोग पुग्ला । जसका कारण आगामी दिनमा म जस्तै कलिला युवतीहरुले १९ वर्षमै जीवनको आशा मार्नुपर्ने दिनको अन्त्य हुन सक्छ । यो गराउने ठाउँमा तपाईं हुनुहुन्छ ।

म अहिले विछ्यौनबाट त्यो दिन अर्थात् मेरो मरणको दिन कल्पिरहेकीे छु । साँच्चि त्यस दिन मेरा सारा आफन्त कसरी रोलान् । कति भक्कानिएलान् । म कल्पनै गर्न सक्दिनँ । मुख्य कुरा आफूले खाईनखाई यो उन्नाईस बर्षसम्म हुर्काउने मेरो बाआमाको मनमा कत्रो पहिरो जाला ?

मलाई हरेक मानिसलाई जस्तै बाँच्ने, खेल्ने, रमाउने, घुमन्ने अरू केके गर्ने रहर थिए । अनगिन्ती सपनाहरु थिए । जब क्यान्सर फोर्थ स्टेजमा पुगेको थाहा भयो । त्यही दिनदेखि जीवनमा रात परेको छ तर सपना देख्न नमिल्ने र नसकिने रात ।

छोरी ल्याब टेक्निसिएन बनेर धेरै भन्दा धेरैको रोग पहिचानमा सघाउली भन्ने आशा थियो । तर, म आफ्नै रोग ढिलो पहिचान भएका कारण जीवनसँगथ हार्दै गइरहेकी छु ।

उनीहरुको यो आशामा कत्रो बाढी पहिरो उर्लिएला त्यो दिन । उनिहरूलाई सम्झाउने मानिसहरूले के भनेर सम्झाउलान् ? सम्झिँदा पनि अत्यास लागिरहेको छ ।

म नेपालको अति दुर्गम भुगोल कर्णालीमा जन्मिएँ र हुर्कें । जहाँ अन्गिनती दुखहरू छन् । अभावहरू छन् । जुन दुःख र अभावले म जस्तालाई थप दुःख सिर्जना गरिदिन्छ । दुःखहरुसँग जित्न खोज्दा खोज्दै हारिदिन्छौं जिन्दगीको लडाइँ । मैलेजस्तै गरी धेरैले पर्खिनु पर्छ मृत्यु ।

बाँच्ने संभावना हुँदा हुँदै मृत्यु कुर्ने कर्णालीवासीको तथ्यांक निकाल्ने कसैले प्रयास गरेको छ ? यदि प्रयास गरेको थियो भने देखिन्थ्यो भयाबह चित्र । उपचार नपाएर मर्नु त अहिले पनि नियमित नियती हो त्यहाँका बासिन्दाको । त्यहाँ रोग पत्ता लगाउने उपाय छैन, शहरमा आएर उपचार गराउने सक्ने कर्णालीबासीको हैसियत छैन ।

जो दुईछाक खान त्यत्रा दुःखका पहाड फोडिरहेका हुन्छन् तिनीहरुले महंगो उपचार कसरी कल्पना गर्न सक्छन् । त्यसपछि निर्विकल्प मृत्यु रोज्नुपर्छ ।

निको नहुने अवस्थामा पत्ता लाग्यो मेरो रोग । तरपनि उपचारको आशा गर्यो परिवारले । बेच्यो ओत लाग्ने घर पनि । अहिले जुम्लाबाट चाबहिल आएर मेरै लागि डेरामा बसिरहेका छौं सपरिवार । खाउँ–खाउँ, लाउँ–लाउँ भन्ने उमेरकी सन्तानको मृत्यु कुर्नु जस्तो सकस यो दुनियाँमा अरु के हुन सक्ला मन्त्रीज्यू । तर, मेरो परिवार त्यही गरिरहेको छ अहिले जुन मलाई सम्झिँदा पनि अत्यास लाग्छ ।

कर्णाली जस्ता दुर्गम ठाउँमा जन्मिनुको दुःख कसैले केही न केही पाइरहेको छ । जस्तो कि म जब क्यान्सर रोगी भएँ।

मैले देखेका बेथितिहरूले गर्दा देशको माया छ र यो सिस्टमप्रति घृणा छ । हो म मृत्युअघि उपचारका क्रममा पाएका दुख हजुरलाई मर्नुअघि सुनाउन चाहन्छु । किनभने म जस्ता नागरिकले उपचारमा रहेका वेथितिका कारण कलिलैमा ज्यान गुमाउन नपरोस् ।

हातमा पलाएको खटिराको उपचार गर्न म शिक्षण अस्पताल महराजगञ्ज पुगेकी थिएँ, केही समय पहिले । कर्णालीमै ती खटिरा के हुन् र किन चाँडो उपचार गराउनुपर्छ भन्नेसम्मका अस्पताल हुँदा हुन् त मेरो बेलैमा रोग पहिचान हुन्थ्यो र उपचार हुन्थ्यो । तर, धेरैथोक मिलाएर काठमाडौं आइपुग्न समय लाग्यो । जुन दिन ती त क्यान्सरका लक्षण हुन् भन्ने थाहा भयो, त्यो दिन निकै ढिलो भइसकेको थियो । शिक्षण अस्पतालले हातका औंला काटेपछि क्यान्सर ठिक हुनसक्ने बतायो ।

किनभने हातको क्यान्सर दोस्रो स्टेजमा रहेछ । काटियो । तर, पेटमा पनि क्यान्सर भइसकेको भने निकै ढिलो गरी थाहा भयो, अन्तिम स्टेजमा पुगेपछि । यहाँनेर कहीँ न कहीँ उपचार प्रणालीको दोष छ कि भन्ने लाग्छ मलाई । त्यो तपाईं आफैं बुझ्नुहोला ।

अहिले म अनुभव गरिरहेकी छु, दुर्गम हर नागरिकका लागि कति पिडादायिक भुगोल रहेछ । जब मैले आफू बाँच्न हरेक व्यक्तिसँग आलापविलाप गरें, दुर्गम त मान्छेको सत्रु नै रहेछ भनेर बुझें । मैले अनुभव गरेका कुरामा धेरै सत्यता छ । त्यसैले तपाईंले मेरो मृत्युबारे जानकार गराउन लागिरहेको छु। अनि यो पत्र सकिनसकि लेखिरहेकी छु ।

मैले पाउनुपर्ने केमो लिइरहेकी छु । त्यसैले आफ्ना लागि मैले तपाईंसँग केही माग्नुछैन । जीवन नै त्याग्ने बखतमा पुगेकी म अरु के माग्न सक्छु र ?

तपाईंलाई यसकारण पत्र लेखिरहेकी छु कि मैले सानैदेखि तपाईको बारे सुनेको छु । तपार्इ बारे पढेको छु। तपाईं जस्ता अरू पनि धेरै मानिसहरू हुँदा हुन् त यो देशमा देश अर्कै हुन्थ्यो जस्तो लाग्छ । तपाईंले मलाई चिन्नुहुन्त तर मलाई भने तपाईं नजिकको जस्तो लाग्छ । त्यसैले चिठी लेखें, आफ्नै मृत्युको जानकारी दिन । जसले तपाईंलाई म जस्ता तपाईका देशभरि रहेका आफन्त जोगाउन सहयोग पुगोस् ।

मैले पाउनुपर्ने केमो लिइरहेकी छु । त्यसैले आफ्ना लागि मैले तपाईंसँग केही माग्नुछैन । जीवन नै त्याग्ने बखतमा पुगेकी म अरु के माग्न सक्छु र ?

माननीय मन्त्री ज्यू , म पनि यहि देशमा जन्मे। यही देशमा हुर्कें । जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो। तर तपाईंलाई एउटा कुरा सोध्न मन छ। तपाईंलाई एउटा कुरा सोध्न मन छ , तपाईं बिरामी हुँदा वा कोही बिरामी लिएर अस्पताल जाँदा कति माया पाउनु भयो ? सम्मान पाउनु भयो ? वा म जस्तै पाउनु भएन कि ? मैले त कत्ति पनि पाइनँ अस्पतालमा माया । कहीँ अनुभव गरिनँ, बिरामीलाई गरिने न्युनतम सम्मानको ।

मैले उपचारका क्रममा यति दुःख पाएँ कि अनुभव भयो म त यो देशको नागरिक नै होइन जस्तो । मेरो आँखाले कति हो कति बेथितिहरू देखेकी छु अस्पतालमा जुन बताउने हालतमा छैन म । सायद तपाईंलाई थाहा पनि होला त्यसैले भन्नुपर्दन। त्यो बेथितिको सिकार म पनि भएँ । र, सम्झे बेथितिहरूले म जस्ता अरू पनि दिनदिनै मरिरहेका होलान् । यी कुरा जानकारी गराउन मन लाग्यो र चिठी लेखिरहेको छु।

हुन त म एक दिन मर्ने नै थिएँ । फरक यत्ति हो, केही समय चाँडै मर्ने भएँ । मृत्यु कुरिरहेकी युवतीसँग कति दुःख छन् होला त्यो हजुरले महशुस गर्न सक्नुहुन्छ ।

म आफ्नो मृत्युअघि तपाईंलाई भेटेर किन यस्तो भइरहेको छ भनेर सोध्न चाहन्छु तर भेट कति संभव वा असंभव मैले बुझेकी छैन ।

भेटेर एउटै कुरा सोध्न मन छ, उपचार यस्तो लापरबाही किन हुन्छ हाम्रो देशमा ? यत्ति बुझेर मर्न चाहान्छु ।

माननीय मन्त्रीज्यू, म बाँचेर पनि देशको लागि के गर्न सक्थे होला र । तर म मर्ने पक्का भए पछि देशको हो वा आफ्नो खुब माया लागिरहेको छ।

मैले देखेका बेथितिहरूले गर्दा देशको माया छ र यो सिस्टमप्रति घृणा छ । हो म मृत्युअघि उपचारका क्रममा पाएका दुख हजुरलाई मर्नुअघि सुनाउन चाहन्छु । किनभने म जस्ता नागरिकले उपचारमा रहेका वेथितिका कारण कलिलैमा ज्यान गुमाउन नपरोस् ।

तपाईलाई मेरा धेरै कुराहरू भन्नुछ । जुन कुराहरू म चाहेर पनि यो पत्रमा लेख्न सक्दिनँ । भन्न सक्दिनँ । घाउ पनि दुखेर बढिरहेको छ। पिडाले मुटु काँपिरहेको छ। म यो भन्दा बढि लेख्न सकिनँ । कृपया सक्नु हुन्छ भने म मर्नु पहिले म हजुर सगँ सबै कुरा भन्ने समय पाउँ। सक्नु हुन्न भने यो काम चहि गरिदिनुहोला। देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्त होस् । लापरबाहिले एक बर्ष पछि मर्ने नागरिक एक बर्ष अघि न मरोस् ।

सन्ध्या शाही जुम्ला

तस्वीर स्रोत : हाम्रा कुरा

Comments

comments