मेलबर्न । अष्ट्रेलियाको केन्द्रिय बैंकले करिब दुई महिना अघि जारी गरेको पाँच डलरको नोटले केही समय सर्वसाधारणहरुलाई हैरान बनाएको थियो ।

सजिलै रुपमा नक्कल गर्न नसकिने गरि तयार पारिएको उक्त नोटले नक्कली नोटको कारोबार गर्नेलाई त टाउको दुखाउने नै भयो,सर्वसाधारणलाई पनि केही समय हैरान नै पार्यो ।

सिड्नीबाट प्रकाशित हुने डेली टेलीग्राफका अनुसार यस नोटको बीचमा रहेको पारदर्शी भागलाई विभिन्न मेशिनहरुले नोटको अन्तिम भाग ठानेर त्यो नोटलाई नै चिन्न अस्वीकार गरेर फिर्ता दिएपछि सर्वसाधारणलाई हैरान बनाएको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseहालै मात्र वूलवोर्थ लगायतका सुपरमार्केटहरुले आफ्नो स्वःसेवा टर्मिनलमा सफ्टवेयर अपग्रेड गरेपछि बल्ल त्यहाँ यो नोट स्वीकार हुन थालेको छ । यस्तै केमार्ट लगायतका ठाउँहरुमा अझै यो समस्या जारी रहेको छ ।

डेली टेलीग्राफका अनुसार उपभोक्ताहरुले मुद्रा स्वीकार गर्ने सबै मेशिनहरुमा पाँच डलरको नोट स्वीकार गर्ने प्रबिधि हाल्नु पर्ने अपील गरेका छन् ।

Please follow and like us:

Comments