मेलबर्न । दशैं तिहारको उपलक्ष्यमा चितवन समाज भिक्टोरियाले आयोजना गर्न लागेको दशैं तिहार क्रुज पार्टीको सबै टिकट अग्रीम बुकिङ भैसकेको आयोजकले जनाएको छ ।

अझै यस मेगा पार्टीका बारेमा धेरैले फोन गरि सोधपुछ गरिरहेको भए पनि अब थप टिकट बुकिङ गर्न नसकिने समाजले प्रष्ट पारेको छ । हाम्रो इभेन्टप्रति यति धेरै चासो र साथ दिनुभएकोमा सबैप्रति हामी आभारी छौं । तर सीमित सिटका कारण थप टिकट बुकिङ लिन असमर्थ भएकोप्रति हामी दुखी छौं,समाजले अफिसियल फेसबुकमा लेखेको छ ।
साथै आफूहरु छिट्टै नयाँ कार्यक्रम लिएर आउँने समाजले जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggयही अक्टुबर ९ मा हुन लागेको दशैं तिहार क्रुज पार्टीका लागि टिकट बुकिङ गरिसकेकाहरुलाई बधाई दिदै बोर्डमा स्वागत गर्न आफूहरु आतुर रहेको बताइएको छ । यसपटक पार्टीका लागि ३५० जनाको सीट व्यवस्था मिलाइएको छ ।

पार्टीका लागि सहभागी हुन आउँनेले निम्न पाँच कुराहरुमा ध्यान दिन पनि आयोजकले अनुरोध गरेको छ :

१ पार्टीमा आउनेले अनिवार्य रुपमा ड्राइभिङ लाइसेन्स वा पासपोर्ट जस्ता आफ्नो परिचय पत्र साथमा ल्याउनुपर्नेछ ।

२ जहाजको गेट अपरान्ह ४ बजेदेखि खुल्ने भए पनि ३५० जनालाई प्रवेश गर्न समय लाग्ने भएकोले समयमै उपस्थित हुनुपर्नेछ । जहाज ठिक्क साँझ ५ बजे हिड्नेछ । छुटेकाहरुले कुनै माफी र पैसा फिर्ता पाइने छैन ।

३ घरबाट निस्कनु अघि ठेगाना राम्रोसँग हेर्नुहोला । ताकि बाटो अल्मलमा परेर नछुटोस् ।
४ पार्किङ क्षेत्र,रेल र ट्रामको टाइम टेबल पनि हेर्नुहोला ।

५ आफ्नो बालबच्चाहरु पनि लिएर आउनुहुने अभिभावकहरुले विशेष सतर्कता अपनाउनुहोला । किनभने त्यो दायित्व सर्वप्रथम तपाईहरुकै हो ।

यो मेगा इभेन्टलाई TWGG Migration @ Education,Melbourne ले प्रायोजन गरेको छ ।

Comments

comments