एजेन्सी । याहुले अमेरिका सरकारका लागि आफ्ना दशौं लाख प्रयोगकर्ताको इमेल एकाउन्टको स्क्यान गर्ने गरेको खुलेको छ ।

अमेरिकी गुप्तचर विभागका लागि याहुले आफ्ना प्रयोगकर्ताको इमेल एकाउन्ट स्क्यान गर्ने गरेको समाचार संस्था रोयर्टसले जनाएको छ ।

याहुले गएको वर्ष आफ्ना प्रयोगकर्तालाई आउने गरेका इमेलको बारेमा विशेष जानकारी अमेरिकी गुप्तचर विभागलाई दिनका लागि विशेष सफ्टवेयर बनाएको रोयटर्सले उल्लेख गरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggयाहुले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी तथा संघीय जाँच आयोग एफबिआइका लागि उनीहरुको आवश्यकता अनुसार जानकारी दिने गरेको तीन पूर्व कर्मचारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

याहुले आफ्ना धेरै प्रयोगकर्ताको जानकारी ह्याकरले चोरी गरेको बताएको दुई हप्तापछि याहुले नै त्यस्ता जानकारी दिने गरेको रिपोर्ट सार्वजिनक भएको हो ।

Comments

comments