काठमाडौं । नेपालको अर्थतन्त्रको २७ दशमलब ९ प्रतिशत हिस्सालाई योगदान पु¥याउन देशबाट बैध रुपमा ४० लाख युवा रोजगारका लागि विदेशिएका छन् । अवैध रुपमा विदेश जानेको पनि कमी छैन् । यसरी वाहिर गएका युवाहरुले कमाएको मध्ये धेरै रकम सवारी साधन खरिदमा खर्च हुने गरेको छ । विदेशमा दुःख गरेर कमाएको पैसा जानी नजानी विदेशमा नै गइरहेको छ ।

विदेशमा श्रम गरेर कमाएको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । उत्पादनमूलक क्षेत्रमा लगानीका लागि सम्वन्धित विषयमा ज्ञानको कमी र प्रशासनिक झमेला रहेकाले पनि विदेशबाट भित्रिएका रकम भौतिक सामग्रीमा खर्च हुने गरेको हो । दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, लत्ताकपडा, सवारी साधन र पेट्रोलियम पदार्थमा नेपालवाट दैनिक रुपमा ठुलो मात्रामा रकम वाहिरी रहेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggकाठमाण्डौ उपत्यकाभित्र र उपत्यका वाहिर गुड्ने अधिकांश ठुला तथा साना सवारी साधनहरुमा विशेष गरि विदेशमा गएका नेपालीहरुको लगानी रहेको छ । विदेशमा पसिना वगाएर कमाएको विदेशी रुपैयाँँ र वित्तिय सहयोग गर्ने स्वदेशी फाइनान्स तथा बैंकसंग सहकार्य गरि सवारी साधन किन्ने गरेका छन् विदेशवाट फर्कने युवाहरु ।

मुलुकवाट बाहिरिने रकममा सवैभन्दा वढि पेट्रोलियम पदार्थमा र त्यसपछि सवारी साधनको पार्ट्स पुर्जा तथा विलाशीताका साधन शिर्षकमा मुलुकले सवैभन्दा बढि ब्यापार घाटा ब्यहोर्नु परेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले बताउनुभो ।

carकुनै पनि मुलुकले आफ्नो आर्थिक विकास गर्न स्वदेशमा नै कलकारखानाको स्थापना गरि जनतालाई रोजगारको अवसर सृजना गर्नु पर्दछ । मुलुकको आर्थिकस्तर वढाउन स्वदेशी श्रम र स्वदेशी कच्चा पदार्थको प्रयोग गर्नु पर्दछ । रेमिटेन्सबाट देश विकास गर्न सकिन्छ र जनताको आर्थिक स्तर सुधार्न सकिन्छ भन्नु हात्ति आयो हात्ति आयो फुस्सा वाहेक अरु केही हुन सक्दैन ।

Comments

comments