काठमाडौं । नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मंगलवार सम्मेलनको घोषणापत्र पनि सार्वजनिक गरियो ।

‘युवाहरमा सामाजिक उद्यमशीलताको विकाश, उद्दमशीलता नै देश निर्माणको आधार’ भन्ने नाराका साथ सम्मेलनको आयोजना गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र एनआरएनले संयुक्त रुपमा घोषणा गरेको घोषणा पत्र कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्दता पनि व्यक्त गरिएको छ ।

युवा, रोजगार, उद्यमशीलता, सीप विकास र गरिवी निवारण विषयमा प्रस्तुत कार्यक्रममा समावेश भएका परियोजनाहरुलाई राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघको साझेदारीमा प्रत्येक प्रदेशमा कम्तिमा १–१ वटा प्रविधि प्रयोग गरी नमूना परियोजना सञ्चालनमा ल्याउने सहमति भएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले अध्ययनशील युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताउँनुभयो ।

सो अवसरमा घलेले घोषणापत्रलाई एकछिनको मजाकको विषय नबनाउन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggकार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले तीनवटै निकायको सहमतिमा घोषणा पत्र जारी गरेको बताउँदै त्यसमा उल्लेख भएका विषयवस्तुलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । युवा मन्त्रालयका सहसचिव तेजराज पाण्डेले घोषणापत्रले युवाको सबै विषयवस्तु समेटेको बताउँनुभयो ।

घोषणापत्रमा एनआरएनका अध्यक्ष घले र परिषदका उपाध्यक्ष ढुंगेलले हस्ताक्षर गर्नुभएको छ ।

नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलन असोज १५ र १६ गतेसम्म आयोजना गरिएको थियो ।

Comments

comments