काठमाडाैं । व्यवस्थापिका संसद बैठक आज बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विभिन्न ४ वटा विद्येयकमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले रानीतिक दल सम्बन्धी विद्येयक २०७३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन् । बैठकमा राजनीतिक दलसम्बन्धी विद्येयक, मतदान नामावली विद्येयक, निर्वाचन आयोग विद्येयक २०७३ प्रस्तुत हुनेछन् ।   त्यस्तै सहकारी तथा गरिबी निवारण मन्त्री हुदयराम थामीले सहकारी विद्येयक २०७३ प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

बैठकमा वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले बन (दोस्रो संसोधन) विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७३ पेश गर्ने कार्यतालिका रहेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggयसैबीच बैठकमा सबै विषयमा छलफल भएमा संसद्को बैठक बढीमा १५ दिनसम्म स्थगित गर्ने तयारी गरिएको छ ।   दसैंका अवसरमा सांसदहरु काठमाडौं बाहिर जानुपर्ने भएकाले आजको बैठक पछि स्थगित गर्ने तयारी गरिएको जनाइएको छ । विद्येयकमाथि छलफल नसकिएमा २१ गतेसम्म संसद् चल्नसक्ने पनि संसद सचिवालले जनाएको छ ।

Comments

comments