मेलबर्न । अष्ट्रेलियाको सिड्नीबाट मेलबर्न अब ५५ मिनेटमै पुग्न सकिने भएको छ । यो समाचार पढेर पत्यार नलाग्नु स्वभाविकै हो । किनभने सिड्नीबाट मेलबर्न आउँन झण्डै नौ घण्टाको ड्राइभ गरेर थकित हुनेमा तपाई पनि पर्नुहुन्छ होला । तर अष्ट्रेलियाको एउटा कम्पनीले शुरु गरेको प्रोजेक्टले समयमै काम गरिदियो भने अब छिट्टै मात्र ५५ मिनेटको रेल यात्राबाट सिड्नी–मेलबर्न आउजाउ गर्न सकिनेछ ।

हाइपरलुप वान नामक टेक्नोलोजिकल कम्पनीले तीव्र गतिको बुलेट रेल निर्माण शुरु गर्न लगानी गरेको हो । कम्पनीले सिड्नी–मेलबर्न रुटमा चल्ने प्रकाशको गतिमा चल्ने बुलेट रेल निर्माण गर्नेछ । कम्पनीले बुधवार यस्तो रेल्वे सेवाको नमूना प्रदर्शन समेत गरेको छ ।

routeहाइपरलुपले यसका लागि सुपरसोनिक ट्युवलर क्याप्सुल प्रविधि अपनाइनेछ । यसले चुम्बकीय ट्रयाकमा प्रतिघण्टा १ हजार किलोमिटरको दुरी पार गर्नसक्ने क्षमता राख्दछ । सिलिकन भ्यालीका खर्बपति इलोन मस्कले यो प्रविधि पत्ता लगाएका हुन् । टेल्सा र स्पेश एक्स पनि उनैले पत्ता लगाएका थिए । युरोप,अमेरिका र मध्यपूर्वका धेरै देशहरुले यही प्रविधिका रेल्वे सेवाहरु सञ्चालन गरिरहेका छन् ।

अष्ट्रेलियामा पनि यही प्रविधिको रेल्वे सेवा सञ्चालन गर्न यही वर्षको शुरुमा हाइपरलुप वान कम्पनीले ८० मिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो । त्यही घोषणा अनुरुप उसले काम अघि बढाएको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggकम्पनीका उप सभापति एलान जेम्सका अनुसार कम्पनीले अहिले प्रविधिको अन्तिम परीक्षण गरिरहेको छ । उनी भन्छन्–यो अष्ट्रेलियाको यातायात सेवाका लागि नयाँ क्रान्ति हुनेछ । विश्वकै तेस्रो व्यस्त शहर सिड्नी र मेलबर्नबीचको दुरी कम गराउँन हामी आतुर छौं ।

उप सभापति जेम्सले भने यो रेल्वे सेवा शुरु भएपछि सिड्नी र मेलबर्नबीचको दुरी मात्र ५५ मिनेटको हुनेछ ।

यो परियोजना पूर्ण रुपमा सम्पन्न हुन भने १० वर्ष लाग्नसक्ने अनुमान गरिएको उनले बताए ।

Comments

comments