काठमाडौं । ठूला तीन दल र स्थानीय निकाय पुनर्संरचना आयोगका पदाधिकारीबिच सोमबार छलफल हुने भएको छ ।

तीन दलले अहिलेका इलाकालाई मुख्य आधार मानेर स्थानीय निकायको पुनर्सरचना गर्ने सहमति गरेपछि आयोगले काम गर्न अप्ठ्यारो परेको बताइरहेका बेला तीन दलले आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।

छलफल सिंहदरबारमा बिहान साढे १० बजेपछि छलफल सुरु हुनेछ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीन दलका नेता र आयोगका अध्यक्ष बालानन्द पौडेलसहित सदस्य सहभागी हुनेछन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

 

twgg-add

Comments