पोखरा । पोखराको याम्दीमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

काठमाडौंबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको ग १ ख ६१६९ नम्बरको रात्रीबस दुर्घटना हुँदा गुल्मी नेटा २ का दुई बर्षका अर्सित अर्याल सहित दुईजनाको ज्यान गएको हो ।

एकजनाको परिचय खुलीनसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते ३३ जनाको पोखराका मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित रात्रीबस सडकबाट सेती नदी किनारमा खसेको हो । अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा दुर्घटना भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

बस पल्टिएलगत्तै सँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको प्रहरीले जनाएको छ ।

Comments

comments