काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाले मुलुकको शान्ति प्रक्रियामा खेलेको भूमिका सकरात्मक रहेको भन्दै प्रशंसा गर्नुभएको छ ।

सेनाको मनोबल उच्च बनाइराख्न सरकार सधैँ सचेत रहेको उल्लेख गर्दै उहाँले द्वन्द्वकालीन मुद्दामा नेपाली सेनालाई मुछ्न नहुने जिकिर गर्नुभयो ।

आइतबार पहिलो पटक सेनाको मुख्यालय जङ्गी अड्डा पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियामा नेपाली सेनाले सकारात्मक भूमिका देखाएको भन्दै उच्च सम्मान गर्ने बताउनुभयो । उहाँले नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत रहेकाले विगतका द्वन्द्वसँग सम्वन्धित मुद्दामा सेनालाई मुछ्न नहुनेमा सरकार सचेत र दृढ रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addप्रधानमन्त्री दाहालले सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुने भएकाले सधैँ देशको रक्षाको लागि तत्पर रहन नेपाली सेनालाई आग्रह गर्नुभयो । उहाँले नेपाली सेना राज्यको अन्तिम शक्तिको रुपमा रहेको हुँदा आइपर्न सक्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न सक्ने गरी तयार रहुपर्नेमा जोड दिनुभएको थियो ।

यसैबीच अर्को एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफु अहिंसावादी भएको बताउनुभएको छ । उहाँले सशस्त्र द्धन्द्धकालीन समयमा समेत आफूले कसैलाई शारिरिक चोट नदिएको र आफूले पनि कुनै शारीरिक यातना नपाएको बताउनुभएको छ ।

Comments