मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा पनि नेपाली चलचित्र छक्कापञ्जाले रेकर्ड बनाएको छ ।

मेलबर्नमा दर्शकहरुको अत्याधिक माग र फ्लो बढेपछि आइतवार एकै दिन दुईवटा हलमा छक्कापञ्जा प्रदर्शन गरियो । हरेक हप्ताजसो नेपाली चलचित्र प्रदर्शन हुँदै आए पनि मेलबर्नमा एकैदिन दुईवटा हलमा एउटै चलचित्र प्रदर्शन गर्नुपरेको यो दुर्लभ रेकर्ड भएको आयोजक नेप्ले ईभेन्टसले जनाएको छ ।

कार्लटनमा रहेको सिनेमा नोभाका लागि चलचित्र छक्का पञ्जाको अनलाईन बुकिङ उपलब्ध गराइएकोमा एउटा हल भरिएपछि अर्को हल थपेर दुईवटा शो एकैदिन राख्न आयोजक बाध्य भएका थिए । नेपालमा प्रदर्शन हुँदा दर्शकले दिएको प्रतिक्रिया र अष्ट्रेलियाका अन्य शहरमा छक्कापञ्जाले पाएको गुड रेस्पोन्सका कारण मेलबर्नमा कीर्तिमानी शो गराउन सम्भव भएको आयोजकको बुझाइ छ । चलचित्र छक्कापञ्जाको चौथो शो मेलबर्नमै आगामी अक्टोबर १२ मा पुनः हुनेछ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addअभिनेत्री दिपाश्री निरौलाले पहिलोपटक निर्देशन गरेको यो फिल्मले झण्डै ५ करोडको हाराहरीमा व्यापार गरेको निर्माण पक्षको दाबी छ ।

छक्कापञ्जामा दिपकराज गिरी, प्रियंका कार्की,बुद्धि तामाङ,बर्षा सिवाकाटी,नम्रता सापकोटा लगायत अधिकांश हाँस्य कलाकारहरुले अभिनय गरेका छन् । नेपालमा बेरोजगारीको समस्याका कारण विदेशमा बाध्य नेपालीहरुको कथा बोकेको यो चलचित्रमा समावेश पूर्व पश्चिम रेल र सुन न चम्पा बोलका गीतका कारण अझ लोकप्रिय बनेको हो ।

मेलबर्नमा छक्कापञ्जा हेरिसकेपछि दर्शकहरुले फिल्म निकै मनपरेको प्रतिक्रिया दिएका छन् । धेरै समयपछि पूर्ण मनोरञ्जनात्मक फिल्म हेर्न पाएको दर्शकहरुको प्रतिक्रिया थियो ।

Comments

comments