मेलबर्न । अष्ट्रेलियामा मात्र होइन इञ्जिनियरहरुको अहिले विश्वव्यापी माग अझ बढ्दो छ । विकास निर्माणले पाएको तीव्र गति,सूचना प्रविधिको उच्च विकासले मात्र होइन प्राकृतिक विपत्तिहरुका कारण पनि इञ्जिनियरको माग उच्च छ । अझ नेपालमा त इञ्जिनियर हुनु भनेको वेग्लै मान र शान बढ्नु हो । किनभने यो नेपालको सम्मानित पेशामा पर्दछ ।

अष्ट्रेलियामा पनि उद्योग,डिजाइन,उत्पादन,औजार,निर्माण लगायतका क्षेत्रमा इञ्जिनियरहरुको माग बढ्दो छ । त्यसैले अष्ट्रेलियामा करियर बनाउँन चाहनेका लागि यो राम्रो क्षेत्र हुनेमा सन्देह छैन ।

अष्ट्रेलियामा विशेष गरि मेकानिकल,इलेक्ट्रीकल,केमीकल,सीभील र क्यानुफ्याक्चरिङ विधाका इञ्जिनियरहरुको माग बढी छ । माग बढी भएपछि रोजगारीको अवसर र आम्दानी राम्रो हुने नै भयो । तर त्यसका लागि कम्तीमा कुनै पनि इञ्जिनियरिङ विधामा स्नातक पूरा गरेको हुन आवश्यक छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

इञ्जिनियरहरुले अष्ट्रेलियामा सोमवारदेखि शुक्रवारसम्मै काम गर्न सक्छन् । विभिन्न उद्योग,प्रयोगशाला र निर्माण कम्पनीहरु दक्ष र योग्य इञ्जिनियरहरुलाई काम दिन सदैव तयार छन् ।

अष्ट्रेलियामा इञ्जिनियरहरुलाई रोजगारीको अवसर उपलब्ध गराउँने प्रमुख कम्पनीहरु निम्न छन् । यी सबै कम्पनीहरु अष्ट्रेलियाका प्रतिष्ठितमा पर्दछन् :

  • Aecom Australia Pty Ltd
  • Aurecon
  • B&H Consulting and Engineering
  • Clough
  • GHD
  • GHD
  • Industrea
  • KBR
  • Minova
  • OneSteel
  • Parsons Brinckerhoff
  • Sinclair Knight Merz (SKM)
  • Sykes
  • Thiess
  • United Group Resources
  • Worley Parsons
  • Xstrata Technology

इञ्जिनियरिङ अष्ट्रेलियाको सबै राज्यको दक्ष पेशामध्येमा पर्दछ । त्यसैले तपाईले अष्ट्रेलियामा इञ्जिनियरिङ गर्नु भनेको यहाँको पीआरका लागि अझ सहज बनाउँनु हो ।

अष्ट्रेलियामा सिभिल इञ्जिनियरको वार्षिक सामान्य आम्दानी १ लाख १० हजार डलर भन्दा बढी रहेको लिभिङ अष्ट्रेलियाको सर्भेक्षण डाटामा उल्लेख छ ।

उक्त डाटा अनुसार सिड्नीमा लिड सिभिल इञ्जिनियरको वार्षिक आम्दानी १ लाख ४५ हजार डलरसम्म छ भने सिभिल डिजाइन इञ्जिनियरको सिड्नीमा वार्षिक तलब ९८ हजार डलरदेखि १ लाख १६ हजार डलरसम्म हुने गरेको छ ।

यस्तै न्यू साउथ वेल्समा जुनियर सिभिल इञ्जिनियरकै वार्षिक कमाइ ५० हजारदेखि ६५ हजार डलरसम्म छ । उता ब्रिसबेनमा सिनियर सिभिल इञ्जिनियरले वर्षमा १ लाख १० हजार डलरदेखि १ लाख ३० हजार डलरसम्म आम्दानी गर्ने गरेको डाटामा उल्लेख छ ।

मेलबर्नमा डिजाइनर सिभिल इञ्जिनियरले वार्षिक ७५ हजारदेखि ९५ हजार डलरसम्म कमाउँछन् भने पर्थमा ९० हजारदेखि १ लाख २० हजार डलरसम्म कमाइ हुन्छ ।

वेष्टर्न अष्ट्रेलियामा पनि इञ्जिनियरको उच्च माग छ । मागसँगै उनीहरुको कमाइ पनि राम्रो रहेको छ । यहाँ ग्राजुएट सिभिल इञ्जिनियरको वार्षिक आम्दानी १ लाखदेखि १ लाख ५० हजारसम्म हुनुलाई सामान्य मानिन्छ ।

अष्ट्रेलियाका मेलबर्न,सिड्नी,ब्रिसवेन र पर्थ लगायतका सबै शहरहरुमा इञ्जिनियरिङ पढाउने राम्रा कलेज र विश्वविद्यालयहरु रहेका छन् ।

-हिमालयन कङ्गारु ‘करियर’ डेस्क

Comments

comments