काठमाडौं । चौबन्दीमा पटुकी बाँध्य छैन भन्दैमा,खै त मलाई झम्के बुलाकी,मलाई म जस्तै माया चाहिन्छ लगायतका थुप्रै गीतकी गायिका आस्था राउतको स्वर र गीत जति बोल्ड छन् उनको व्यक्तित्व पनि उत्तिकै बोल्ड छ । हाल कन्सर्टका लागि अमेरिकामा रहेकी आस्थाका अन्तवार्ताहरु पनि निकै बोल्ड हुने गरेका छन् ।

यसैक्रममा एक साप्ताहिक म्यागजिनका लागि उनले दिएको अन्तवार्तामा उनले आफूसँग केटी मान्छेमा हुनुपर्ने कुनै गुण नभएको प्रष्ट पारेकी छिन् । त्यसैले उनी भन्छिन्–लरतरो मान्छेले मलाई झेल्न सक्दैन ।

तर बोल्डनेस हुनु आफ्नो कमजोरी हो भन्ने उनलाई लाग्दैन । किनभने आफू जे हुन्,त्यसैमा प्रस्तुत हुन रुचाउँछिन् उनी । उनलाई यस्ते प्राकृतिक लाग्छिन् । अर्को कुरा पनि उनले खुलासा गरेकी छिन् कि उनी अन्याय सहनै सक्दिनन् । अर्थात धेरै पटक केटा मान्छेहरुसँग समेत लडाइ झगडा भएको उनी स्वीकार्छिन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addगीत गाउँदा पनि उनी रोनाधोनाका गीत पटक्कै रुचाउदिनन् । मायाप्रेमका गीत पनि उनको प्राथमिकतामा पर्दैन । अझ गीतका शब्द मनरेन भने मरेकाटे पनि गाउँदिनन् उनी ।

लोकगायक हरिवहादुर राउत र गीतकार आमा सावित्री राउतकी एक्ली छोरी हुन्–आस्था । अहिलेसम्म ३५ वटा गीत गाएकी छिन् उनले । तर अहिलेकी सुपरस्टार गायिका हुन् उनी । वर्षको १२ महिनामा लगभग १० महिना विदेशका विभिन्न कन्सर्टहरुमै व्यस्त हुनुले यसको पुष्टि गर्दछ । उनी नयाँ एल्वम निकाल्ने अन्तिम तयारीमा छिन् ।

वास्तवमा उनी संगीतकार सुरेश अधिकारीकी खोज हुन् ।

Comments

comments