काठमाडौं । ६ मिनेटभित्र २ गोल गर्दै चेल्सी इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा विजयी भएको छ । चेल्सीले हल सिटीलाई २–० ले हराएको हो ।

चेल्सीको जितमा विलियन र डिएगो कोस्टाले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि कोस्टाले सुन्दर गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ६ मिनेट भित्रमा भएको दुई गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addजितपछि छैटौं स्थानमा उक्लिएको चेल्सीको सात खेलबाट १३ अंक भएको छ । सात खेलबाट सात अंक नै जोडेको हल सिटी १५ औं स्थानमा छ ।

शनिवार राति नै भएका अरु खेलमा सन्डरल्याण्ड र वेष्ट ब्रोम तथा मिडल्सबर्ग र वेष्ट ह्यामले समान १–१ को बराबरी खेले । यस्तै वाट्फोर्ड र बोर्नमाउथले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Comments

comments