काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो ४० औं जन्मदिन पति पूर्वयुवराज पारस शाह सँगै मनाएकी छिन् ।

होटल सोल्टीमा आयोजित कार्यक्रममा पारस र हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भएका थिए ।

हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरु नै थिए ।

सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए ।

पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए । नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो ।

भोजमा पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-add

Comments