काठमाडौं । सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नेबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन अझै कठिन देखिएको भन्दै प्रधानमन्त्री निकट उच्च स्रोतले दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मधेसी मोर्चाका नेतासँग भेटदै दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएका थिए ।

‘मुख्य कुरा सीमांकनमै हाम्रो आन्तरिक छलफल मिलेको छैन, नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्नेबारे त कांग्रेससँग मोटामोटी कुरा मिलेकै हो,’ प्रधानमन्त्री निकट एक नेताले भने, ‘तर पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लालाई विवादित क्षेत्र घोषणा गरी पुनस्संरचना आयोगलाई जिम्मा दिनेबारे शेरबहादुर देउवाजी सकारात्मक देखिनुभएको छैन । सीमांकनको विषय सम्बोधन नगरी संविधान संशोधन प्रस्ताव जान सक्ने अवस्था तत्काल छैन ।’

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addप्रधानमन्त्री दाहालका मुख्य राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले सत्तारूढ दलहरूबीच असमझदारी नरहेको दाबी गरे पनि दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता हुने सम्भावना टरेको खुलाए । ‘संविधान संशोधनका विषयहरू बुँदागत रूपमै मोर्चासँग छलफल भइरहेको हो, त्यसअनुसार प्रस्ताव लैजान समझदारी खोजिरहेका छौं,’ उनले भने, ‘दसैंअघि प्रस्ताव लैजान सकिन्छ भन्ने आकलन थियो, अलिकति आन्तरिक तयारी गर्नुपर्ने देखिएको छ ।’

तर मोर्चा घटक संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने सीमांकनलगायत मोर्चाका मुद्दा सम्बोधन गर्नेबारे अहिले पनि कांग्रेस र माओवादी पूर्ण रूपमा तयार नदेखिएको दाबी गरे । ‘उहाँहरूले माग सम्बोधन गर्ने त भनेको भन्यै हुनुहुन्छ, तर हामीसँग छलफल गर्दा एउटै धारणा बनाएको देखिएन,’ श्रेष्ठले भने, ‘संशोधनको विषय आश्वासनमै सीमित देखिने अवस्था छ । त्यसो भयो भने हामीसँग आन्दोलनमा जानुको विकल्प हुँदैन ।’

Comments

comments