प्रवासी नेपाली मन्च भिक्टोरियाका सल्लाहकार एबं एनडीएफअष्ट्रेलियाका पुर्व उपाध्यक्ष डा. सिन्धु प्रसाद ढुंगानालाइ शनिबार सम्मान गरिएको छ | महाबाणिज्य दुत भिक्टोरियाका श्री चन्द्र योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रमको आयोजना प्रवासी नेपाली मन्च भिक्टोरियाले गरेको हो | महाबाणिज्य दुत योन्जनले अष्ट्रेलियामा रहेर प्रवासी नेपालीहरुको अनेक किसिमका समस्या समाधानमा सहयोग पुर्याउदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान दिने डा. ढुंगानालाई सम्मान गर्न पाउँदा आफू  हर्षित भएको बताउनुभयो |

onf2

महेन्द्र कार्कीको अध्यक्षतामा आयोजित उक्त सम्मान कार्यक्रमको विशेष अतिथिको आसनबाट बोल्दै श्री राम रानाभाट ले पछिल्लो समय पुरानो हस्तलिखित पासपोर्ट को सट्टा नयाँ एमआरपी बनाउनु पर्ने बाध्यात्मक परिस्थतिमा प्रवासी नेपालीहरुले झन्झट बेहोर्नु परेको बारे ध्यानाकर्षण गराउनु भएको थियो | कार्यक्रम भिक्टोरिया स्थित गोर्खा ब्राउन्सिक रेस्टुरेन्टमा आयोजना गरिएको थियो | प्रवासी नेपाली मन्च भिक्टोरियाको स्थापना सन् २०१०मा  भएको हो |

 

Comments

comments