एजेन्सी । पत्नीको सौख पूरा गर्न अर्बपति ६१ वर्षीय मोहम्मद जाहुरले जे गरे,त्यो अहिले विश्वकै लागि उदेकको विषय बनेको छ । पाकिस्तानी मूलका उनी युक्रेनमा रहेर व्यापार गर्ने बेलायती उद्यमी हुन् । आईएसटीआईएल ग्रुपका संस्थापक र मालिक तथा किभ पोस्टका प्रकाशक पनि हुन् उनी । पाकिस्तानको कराचीमा १ अगस्ट १९५५ मा उनको जन्म भएको हो ।

वासिङ्गटनमा १९९५ देखि युक्रेनको व्यापारबारे जोडदार आबाज उठाउँदै आएको संस्था यूएस–युक्रेन बिजनेस काउन्सिल (यूएसयूबीसी) का अनुसार मोहम्मदको कुल सम्पत्ति १ अर्ब डलरसम्म रहेको छ । पछिल्लो समय उनले रियल स्टेट, मिडिया र मनोरञ्जन क्षेत्रमा लगानी गरेका छन् ।

स्टिल उद्योगबाट अर्बपतिरधनाढ्य बनेका उनी आफ्नी पत्नी नाटाल्या समारेन्कोभा (कमालिया) लाई विश्वकै प्रसिद्ध पप स्टार बनाउन सक्रिय छन् । हालसम्म उनले २० मिलियन पउन्ड त्यसका लागि खर्चिसकेका छन् । कमालियाले पप स्टार बन्ने चाहना के श्रीमान्सँग राखेकी थिइन्, मोहम्मद त्यसमा जिउ–ज्यानले लागि परे । त्यसो त मोहम्मदको लगानी त्यसै खेर भने गएको छैन । कमालिया जाहुरले टेलर स्विफ्टका रूपमा सफलता हासिल गरिसकेकी छन् । धनाढ्य पतिको सहयोगमा कमालियाले आफ्नो चाहना पूर्तिका लागि बिजनेसमा राम्रो दलख भएका प्रोड्युसर भेट्न गृहनगर युक्रेनको केभबाट अमेरिकाको लसएन्जेलसको यात्रासमेत गर्न भ्याइसकेकी छन् । त्यो पनि नियमित रूपमा । पत्नीलाई स्टार सिंगर बनाउन २७ मिलियन पाउन्डसम्म खर्चने योजनाका साथ उनी अघि बढेका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addपत्नीको खुसीका लागि उनले प्राइभेट जेट नै खरिद गरेका छन् । गायन कलालाई उचाइमा र्पुयाउन कुनै कठिनाइ नहोस् भनेर उनले पत्नीका लागि जेट खरिद गरेका हुन् । युक्रेन र अमेरिकाबीच छिटो–छिटो आउजाउ गर्न सजिलो होस् भनेर उनले यसो गरेका हुन् । कमालियाले पप स्टारका रूपमा हडिउडमा आफ्नो नाम दर्ज गराउन चाहेकी छन् । उनको एउटा पप भिडियो च्यानेल ५ टीभीले प्रसारण गरेपछि उनी एकाएक यो क्षेत्रमा चर्चामा आएकी हुन् ।

मोहम्मद पत्नी ३९ वर्षीया कमालिया पूर्व मिस वल्र्ड पनि हुन् ।

Comments