काठमाडाैं । भारतलगायत केही सदस्य राष्ट्रले भाग नलिने जनाएपछि पाकिस्तानले इस्लामावादमा हुने भनिएको अागामी सार्क शिखर बैठक स्थगित गरिएको घोषणा गरेको छ । निकट भविष्यमै अर्को बैठक सम्बन्धमा निर्णय हुने पाकिस्तानले जनाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जकारियाललार्इ उद्धृत गर्दै डनले जनाएअनुसार भारत अधीनस्थ कस्मिरमा भएको दमनबाट ध्यान अन्यत्र लैजान उरी घटनालार्इ निहुँ बनाएर सार्क बैठकमा उपस्थित नहुने जनाउनु दुर्भाग्य पूर्ण हो ।

सार्कका अध्यक्षसँग परामर्श गरेर बैठकका बारेमा निर्णय गरिने पनि प्रवक्तालार्इ उद्धृत गर्दै डनले लेखेको छ । समाचारअनुसार यस सम्बन्धमा नेपालका प्रधानमन्त्रीसँग पाकिस्तानले सम्पर्क गरिसकेको छ ।

भारतले बैठक बहिष्कार गरेपछि बंगलादेश, भुटान र अफगानिस्तानले पनि बैठकमा भाग नलिने जनाउ दिएका थिए । त्यही क्रममा श्री लंकाले पनि बैठकमा उपस्थित नहुने बताएको थियो ।

twgg-add

 

Comments