काठमाडौं । राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टारले लगातार दोस्रो महिनामा दोस्रो ठूलो सफलता हासिल गरेको छ । अघिल्लो महिना मंगोलिया पुगेर एएफसी कप २०१७ को फाइनल चरण पुग्न सफल भएको थ्री स्टारले शुक्रबार भारतको प्रतिष्ठित बार्डोलोइ ट्रफी फुटबलको उपाधि जितेको छ ।

गुवाहिटी शुक्रबार राती खेलको थप समयमा विमल घर्तिमगरले निर्णायक गोल गरेपछि भारतको चर्चित क्लब इस्ट बंगाललाई २–१ पराजित गर्दै उपाधि जितेको हो । बोर्डोलोइको ६४औं संस्करणको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो ।
खेलको अन्त्यतिर दुवै टोलीले गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो । ८२ औं मिनेटमा एडलेजाले गोल गर्दै इस्ट बंगाललाई अग्रता दिलाए । इन्जुरी समयको एक मिनेट बाँकी रहँदा देवेन्द्र तामाङले गोल गरेका थिए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addथप समयको नवौं मिनेटम विलमले गोल गरेपछि थ्री स्टार च्याम्पियन बन्दै स्वदेश फर्कदैछ । थप समयको २० मिनेटमा दुवै टोली दस खेलाडीमा सिमित भएका थिए । थ्री स्टारका विजय गुरुङ र इस्ट बंगालका सामतले रातो पाएपछि दुवै टोली १० खेलाडीमा सिमित भएका थिए ।

थ्री स्टारले उपाधिसहित १६ र इस्ट बंगालले ८ लाख रुपैैयाँ प्राप्त गरे । समूह चरणमा नागाल्यान्डलाई ६–१ ले हराएको थ्री स्टार थ्री स्टारले सिलोङ लाजोङ र ओयल इन्डियासँग समान १–१ को बराबरी खेल्दै सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनलमा सिक्किम युनाइटेडलाई ४–१ ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो । थप समयमा ३ गोल गर्दै थ्री स्टार अघि बढेको थियो ।

Comments