मेलबर्न । जन्मनु,हुर्कनु र वृद्धावस्थामा प्रवेश गर्नु मानवीय जीवनका स्वभाविक चरणहरु हुन् । छोरा छोरी जन्माएपछि उनीहरुको पालन पोषण र शिक्षा दीक्षाका लागि बाबु आमाहरुले अनेक दुखकष्ट सहन्छन् । छोराछोरीको भविष्य,सफलता र खुशीका लागि आफ्ना खुशीहरु विर्सन्छन् । एवम्रितले समय कतिखेर घर्किन्छ पत्तै हुँदैन । आफूले जन्माएका छोरा छोरीहरु त हुर्कन्छन्,आफ्नो आफ्नो बाटो पनि लाग्छन् तर त्योसँगै पत्तै नपाई बाबु आमाको उमेरले भने नेटो काटिसकेको हुन्छ । काम गर्ने ठाउँबाट रिटायर भैसकेको हुन्छ भने शरीरमा पनि बल घटिसकेको हुन्छ ।

अझ त्यसमाथि रोजगारी र अध्ययनका लागि अहिले हुर्केका छोरा छोरीहरु विभिन्न मुलुकमा जाने प्रवृत्तिले वृद्ध उमेर भैसकेका बाबु आमाको हेरचाह गरिदिनेसम्म कोही नभएको स्थिति छ । छोराछोरी र परिवारसँगै भए पनि प्रतिस्पर्धी जमानामा चाहेर पनि छोराबुहारी,छोरीज्वाइ वा नाति नातिनाले परिवारका जेष्ठ सदस्यहरुलाई समय दिन नसकिने अवस्थामा छ । यस्तो अवस्थामा ती वृद्धवृद्धा भैसक्नुभएका बाबुआमा र बाजे बज्यैहरुलाई एक्लोपन महसुस हुनु स्वभाविकै हो ।

यसरी नचाहेर वा सहारा दिने कोही नभएर एक्लो महसुस गरेर बस्नुभएका र विचल्लीमा पर्नुभएका जेष्ठ नागरिकहरुको आश्रयका लागि नेपालको मोरङको विराटनगरमा एउटा महत्वाकांक्षी परियोजना निर्माणाधीन अवस्थामा छ । पाथिभारा जेष्ठ नागरिक श्रद्धाश्रम नाम दिइएको उक्त आश्रम निर्माण भएपछि बूढेशकालमा एक्लो महसुस गरेर बस्नुभएका बाआमा,हजुरबा हजुरआमाहरुले आश्रय पाउँनेछन् भने बेसहाराहरुले सहारा पाउँनेछन् ।

एनआरएन अष्ट्रेलियाले नेपालमा स्थानीय निकायसँग सहकार्य गरी सञ्चालन गर्न लागेको यो पाथीभारा जेष्ठ नागरिक श्रद्धाश्रम निर्माण परियोजना अन्तिम चरणमा पुगेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addयही जेष्ठ नागरिक श्रद्धाश्रममा निर्माणका लागि सहयोग जुटाउँन एनआरएनएले अष्ट्रेलियाका विभिन्न शहरहरुमा समयसमयमा विभिन्न च्यारिटी कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन लगायतका स्थानमा च्यारिटी कार्यक्रम आयोजना गरिसकेको एनआरएनएले यही पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि मेलबर्नमा आज च्यारिटी डिनरको आयोजना गर्दैछ ।

आज शनिवार साँझ ६ः३० बजे ७२५ हाईस्ट्रीट थनबरीमा अवस्थित ह्वाईटरोज रिसेप्सनमा हुने कार्यक्रममा सहभागी भई जेष्ठ नागरिक श्रद्धाश्रम निर्माणको पवित्र कार्यमा हातेमालो गर्न थुप्रै मेलबर्नवासी नेपाली उत्साहित रहेका छन् । त्यसैले श्रद्धाश्रम निर्माणका लागि मेलबर्नबाट उल्लेख्य रकम संकलन हुने आयोजकको विश्वास छ ।

नेपालको सामाजिक क्षेत्रमा हालसम्मै ठूलो परियोजनाका रुपमा रहेको यो श्रद्धाश्रम नेपालको मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिकामा निर्माणाधीन छ । यो सामान्य वृद्धाश्रम भन्दा निकै पृथक र सुविधा सम्पन्न हुनेछ ।

Comments

comments