एजेन्सी । जीमेल संसारको सबैभन्दा बढी मन पराइएको इमेल सेवा हो । तर, समस्या यो हो कि ह्याकरहरुको नजर पनि यस्तै इमेल सेवामा बढी हुने गर्दछ । किनभने डेस्कटपका साथै मानिसहरु यसलाई एक सय करोड एन्ड्रोइड स्मार्टफोनमा पनि प्रयोग गर्दछन् ।

मोबाइल र डेस्कटपमा एन्टी–भाइरस डाउनलोड गर्नु, पासवर्डवाला वाइफाई प्रयोग गर्नु र अन्य एपको सहयोगबाट तपाई आफ्नो स्मार्टफोन र जीमेललाई अवश्य सुरक्षित राख्न सक्नु हुन्छ । तर, यसको सेटिङमा परिवर्तन गरेर पनि धेरै सजिलैसँग जीमेल एकाउन्टलाई यस्ता स्पाम र भाइरसबाट सुरक्षित राख्न सकिन्छ ।

जीमेलमा एउटा फिचर हुने गर्दछ, जहाँ इनबक्समा सबै इमेललाई नामबाट लेबल गर्न सकिन्छ। इनबक्समा कुनै यस्ता इमेल सन्देश आउँछ, जसमा तपाईलाई शंका छ, तब त्यसबा बारेमा पत्ता लगाउन सकिन्छ । इमेलमा लग इन गरपछि जुन गियरवाला आइकन देखिन्छ, त्यसमा क्लिक गर्नुस् । स्क्रीनमा कयौ विकल्प हुनेछ, जसमा एउटा हुनेछ सेटिङको । त्यसमा क्लिक गरेपछि स्क्रीनमा एउटा नयाँ विन्डो खुल्नेछ । त्यहाँ तपाईले ल्याब्स चुन्नुपर्नेछ । जसले तपाईलाई सधैं इमेल गर्दछन्, उनीहरुको इमेलका साथ एउटा आइकन तपाईको इनबक्समा देखिन सक्छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addयदि तपाईले पहिलो विकल्प चुन्नुभयो तब त्यहाँ ‘अथेन्टिकेशन आइकन फर भेरिफाइड युजर्स’ लेखिएको हुने छ। त्यसबारे तपाई यहाँबाट थाहा पाउन सक्नुहुनेछ । यसको अर्थ यो हो कि जुन परिचित व्यक्तिको इमेल छ, अब तपाईले अरुभन्दा फरक देख्नु हुनेछ । एकपटक तपाईले यो पहिलो विकल्प चयन गरेर सेटिङलाई सेभ गरेपछि परिचित व्यक्तिबाट आउने इमेलका साथ एउटा आइकन देखिनेछ ।

यसरी तपाई बाँकी इमेलका बारेमा पनि सतर्क हुन सक्नु हुनेछ । त्यसपछि अन्य आउने अनावश्यक इमेलमा ध्यान दिएरु मात्र क्लिक गर्नुहोला ।

Comments

comments