सन् २००१ मा सरकारी निवास अगाडी   दस्यू सुन्दरी फूलन देवीलाई गोलि हानि हत्या गर्ने शेरसिंह राणानै भएको अद्लातले प्रमाणित गरेको छ | फूलन देवी हत्यामा   कुल १२ जनामाथि आरोप लागेकोमा बाँकी ११ जनाले भने सफाइ पाएका छन। पारिवारिक बेवस्ता र सामुहिक बलत्कारको शिकार बनेकी फूलन देवीले ठाकुर थरका २२ जना जन्मिन्दारहरुको हत्या गरि भारतमा आफैमा  कुख्यात डाँकुको रुपमा चर्चा कमाएकी थिइन् | यद्यपि उनले त्यो आरोप स्वीकारिनन् |
उनको निकटतम रहेका अर्का कुख्यात बिक्रम मल्लाहको प्रहरी कारवाहीमा ज्यान गए पछि उनि आफ्नो समुहको नेतृत्व गर्दै विभिन्न लुटपाट  हत्या र अराजक गतिविधिमा संलग्न हुदै अघि बढीन्  | ८० को दशकमा भारतको उत्तर प्रदेश सरकारले अनेक तरहबाट फूलन देवीलाई आफ्नो नियन्त्रणमा लिन खोजे पनि सफल हुन सकेन | सन् १९८३ मा इन्दिरा गान्धीको सरकारले फूलन देवीलाई माफी दिएर आत्मसमर्पण गराउने नीति लियो |  परिवार र  उनको  समूहलाई आम माफी दिई उनलाई समेत मृत्यदण्ड नदिई थुनामा मात्र राख्ने सम्झौता पश्चात  आत्मसमर्पण गर्न तयार भएकी फूलन देबिले आफ्ना १० औ हजार समर्थकका सामु आत्मसमर्पण गरिन् | ११ बर्षको जेल सजाय पश्चात मुलायम सिंह यादवको सरकारले उनको रिहाई गर्यो | अपराध छोडेर बौद्ध धर्म अगाल्न पुगेकी फूलनले उत्तर प्रदेशका गरिब हरुको मन जितिन् | सन् १९९६  को लोकसभा चुनावमा जित हासिल गरि भारतीय संसदमा आफ्नो सिट सुरक्षित गरेकी उनको सन् २००१ मा हत्या भयो | फूलन देवी हत्या रहस्यमय भएका बेला उनकै पति उम्मेद सिंह माथि समेत हत्याको आरोप लागेको थियो | तर अदालतले त्यो आरोप स्वीकारेन |

Comments