काठमाडौं । ब्यवस्थापिका संसदबाट शुक्रबार बजेट आश्रित तीनवटा विधेयक पारित हुँदैछ । अघिल्लो सरकारको पालामा पास हुन नसकेका विधेयक अहिलेको सरकारले बिहीबार संसदमा पेश गरेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पेश गरेको राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, र आर्थिक विधेयक संसदले अस्विकृत गरेको थियो । तत्कालिन मुख्य विपक्षी दल नेपाली कांग्रेस तथा माओवादी केन्द्रलगायत साना दलले त्यसमा विरोध जनाएपछि विधेयक अस्विकृत भएका थिए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addतीनै विधेयक कांग्रेस र माओवादीको गठबन्धनमा बनेको अहिलेको सरकारले फेरि संसदमा दर्ता गरेको हो । यी विधेयक संसदमा पेश गर्ने क्रममा विधेयकमा विरोधको सूचना दिने तथा संशोधनको सूचना पेश गर्ने समय पनि निलम्बन गरिएको छ ।

कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सचेकत परशुराम तामाङको समर्थनमा माओावदी केन्द्रका मुख्य सचेतक टेकवहादुर बस्नेतले विधेयक संसदमा पेश गर्नुभएको हो ।

Please follow and like us:

Comments