काठमाडौं । समाज सेवा र दीनदुखीलाई हँसाउन धन होइन मन चाहिन्छ । यसको उदाहरण बनेका छन् कलाकार दम्पत्ति धुर्मुस सुन्तली ।

महाविनाशकारी भूकम्पबाट घरबार गुमाएका सिन्धुपाल्चोकका पीडितहरुको बसोबासका लागि गिरान्चौर एकिकृत बस्ती योजनाको घोषणा गर्दा यी दम्पत्तिसँग मात्र मन थियो । तर धन नभएपनि विश्वभरका सहयोगी हातहरुले पक्कै साथ दिनेछन् भने अटुट विश्वास थियो । नभन्दै उनीहरुको विश्वास तोडिएन । उनीहरुसँग हातमा हात मिलाउँन विश्वभरका नेपाली एकजुट भए । त्यो एकता र सहयोगको फल अहिले सिन्धुपाल्चोकको गिरान्चौरमा निला र सेता रंगहरु बनेर टलक्क टल्किन थालेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्तीको निर्माणको काम लगभग अन्त्यतिर आइपुगेको छ । प्राय सबै घरहरु निर्माण सम्पन्न भैसकेका छन् । वस्ती निर्माणका लागि श्रमदान गर्न आएको नेपाली सेनाको टोली पनि विहीवार बिदा भएको छ ।

2नेपाली सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेर बिदा भएको हो । सेनाको टोलीले श्रमदानका स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको छ । नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, विष्णुदल गण धुलीखेल, विरदल गण भक्तपुर र सत्रुभञ्जन गुल्म मेलम्चीका जवान खटाएको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addनेपाली सेनाले बस्ती निर्माणमा गरेको श्रम सहयोगप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ ।

भूकम्प पीडितहरु छाप्रोमा बस्दै गर्दा एकिकृत बस्ती बनाउने हाम्रो आँटलाई पुरा गर्न नेपाली सेनाले खेलेको भूमिकाप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले खुशि व्यक्त गरे ।

Please follow and like us:

Comments