बल्थलीमा तीन चिज छन् – हरियाली, शान्ती र गाउँलेपन । त्यसैलेत सहरमा बस्नेहरु बेलामौकामा त्यहाँ पुग्छन् । एक रात काठमाडौलाई बिर्सन्छन् । को भने गोष्ठिमा त्यतै रमाउँछन् ।

कोहि धुलिखेलदेखि नै हिँड्छन् त कोही मोटरबार्यकमा पसग्छन् । काभ्रेको बल्थली पर्यटन गाउँ बन्दैछ । त्यहाँ रातै बस्नmे गरी बर्षमा १५ सय जति पसग्छन् । तीमध्ये ६० प्रतिशत नेपाली बाँकी विदेशी ।
मनको शान्ति खोज्न बल्थली । योग र ध्यानप्रमीको मन तान्छ शान्त वातावरणले बर्खामा हिमाल खुल्दैनन् । असोज–कात्तिकमा त्यहाँबाट गणेश, नुम्बुर, लाङटाङ र सगरमाथासम्म देखिन्छ । अचेल धानका गरा सुन्दर देखिन्छन् । कालो बादल, निलो आकाश र झरीमा रमाउन सकिन्छ ।
बल्थली डाँडा मुन्तिर लढ्केश्वर खोला छ । त्यहाँ गुफाभित्र लड्केश्वर महादेव छन् । खोलामा पौडि खेल्न सकिन्छ । विशेषतः बिदाका दिन नेपालीको भीड लाग्ने गर्दछ । पनौती वा धुलिखेलबाट हाईकिङ आएर त्यही दिन फर्कने पनि धेरै हुन्छन् ।

बल्थली नाउँको विषयमा एउटा किंनदन्ती सुनिन्छ । खासमा सम्म परेको जमिनलाई थली भनिन्छ । डाँडाको सम्म थाप्लोमा उहिल्यै बलियो तामाङ आएर बस्ती बसालेकाले बल्थली भन्न थालिएको रे । गाउँमा बाहुन, क्षत्री, तामाङ, सन्यासी र नेवारको बसोबास छ ।
बल्थलीमा पर्यटनको बीउ रोप्ने श्रेय रामप्रसाद हुमागाईलाई जान्छ । उनले ०५७ सालमा बल्थली भिलेज रिसोर्ट खोले । द्धन्द्धका बेला पर्यटक आएनन् । मुलुक शान्ति बाटोमा हिँडेपछि आउन थाले । छोटो समयमै बल्थली पर्यटन बजारमा चिनिएको छ । गाउँमा हामस्टे सुविधा छ । दुई नयाँ रिसोर्ट बन्देछन् । ग्रामिण पर्यटन प्रवर्धन मञ्च भिटोफ नेपालका महासचिव राजकुमार थापाको समुहले बल्थली इको हिल रिसोर्ट बनाइरहेको छ ।

काठमाडौ भ्याली कल्चरल ट्रलमा जोडिएको छ बल्थली । नुवाकोटको ककनीबाट चिसोपानी, नगरकोट, धुलीखेल, नमोबुद्ध, बल्थली हुँदै पनौती झर्ने मार्गमा । त्यहीबाट हिँडेर विदेशी आईपुग्छन । नमोबुद्धबाट तीन घन्टामा पुगिन्छ । पनौतीबाट पनि त्यति नै समय । खोपासीबाट एकै घन्टामा ।
कसरी पुग्ने ः काठमाडौबाट ३९ किलोमिटर दक्षिणपुर्व । काठमाडौबाट बनेपा–पनौती–खोपासी हुँदै बल्थली । पनौतीमा पाईन्छ खोपासी जाने बस । खोपासीदखि बल्थलीसम्म कच्ची सडक ।

Comments

comments