मेलबर्न । एनआरएन अष्ट्रेलियाले नेपालमा स्थानीय निकायसँग सहकार्य गरी सञ्चालन गर्न लागेको पाथीभारा जेष्ठ नागरिक श्रद्धाश्रम निर्माण परियोजना अन्तिम चरणमा पुगेको छ ।

यही जेष्ठ नागरिक श्रद्धाश्रममा निर्माणका लागि सहयोग जुटाउँन अष्ट्रेलियाका विभिन्न शहरहरुमा समयसमयमा विभिन्न च्यारिटी कार्यक्रमहरुको आयोजना हुँदै आएको छ । यसैक्रममा अष्ट्रेलियाको सिड्नी, ब्रिसबेनपछि पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि मेलबर्नमा च्यारिटी डिनरको आयोजना हुने भएको छ । आगामी अक्टोबर १ तारिख साँझ ६ः३० बजे ७२५ हाईस्ट्रीट थनबरीमा अवस्थित ह्वाईटरोज रिसेप्सनमा हुने कार्यक्रममा सहभागी भई जेष्ठ नागरिक श्रद्धाश्रम निर्माणको पवित्र कार्यमा हातेमालो गर्न पाउँन अवसर नगुमाउँन सबैमा अपिल गरिएको छ ।

हालसम्मै ठूलो परियोजनाका रुपमा रहेको यो श्रद्धाश्रम नेपालको मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिकामा निर्माणाधीन छ ।

twgg-add

Comments

comments