-शंकर ढकाल (बिपरित लिङ्गी)

सफलता आखिर को चाहँदैनन् र ? तर सफलता सबैका लागि नसिब हुँदैन । किनकि यो दुर्लभ र महँगो छ । तर केही आइडिया र ट्याक्टिस जान्यो भने सफलता हात लाग्न कुनै आइतवार कुर्नै पर्दैन । सफलता पाउन देश अनुसारको आइडिया र ट्याक्टिस लगाउँन भने आवश्यक छ । नेपालमा सफलता प्राप्त गर्ने फर्मुलाहरु यस प्रकार छन् :

१ शक्तिशाली र पुरानो राजनीतिक शक्तिको कार्यकर्ता बन्नुहोस् र उनीहरुको शक्तिको आफ्नो बुद्धी लगाएर सक्दो दोहन गर्नुहोस् । आफूलाई बिज्ञको सूचिमा सुचिकृत गराइहाल्नुहोस् । यसका लागि पत्रकार नै किनिदिनुहोस् ।

२ एउटा धनी एनजिओ वा आइएनजिओ समाउनुस् र उनीहरुको लक्ष्यमा आँखा चिम्लेर समर्थन गर्नुहोस् । धेरै देशभक्त नबन्नुहोस् । दुरदर्शी बन्ने काम गर्दै नगर्नुहोस् । मात्र रिपोर्ट बुझाउनुहोस्,बदलामा पैसा गन्नुहोस् । तर यसभन्दा अघि समाजसेवी बनेर टिभीमा छाइरहन आवश्यक छ नि ।

३ भूमिगत भएर रट्नुहोस्, लोकसेवामा नाम निकाल्नुहोस् । भ्रष्टाचार र कमिसनलाई मन्त्र मान्न नहिच्किचाउनुहोस् । बदलामा छोराछोरी बिदेशमा शानले पठाउनुहोस् ।

४ जालझेल गुण्डागर्दी प्रलोभन जसरी हुन्छ चुनाव जित्नुहोस्, नेता बन्नुहोस् । पक्ष बिपक्ष जे हुन्छ राज्यको सम्पत्ति दोहन गर्नुहोस् । कठोर,पाप,दया भन्ने शब्दकोशबाटै हटाउनुहोस् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addअर्को एउटा फर्मुला नि छ–

५ स्कूल क्याम्पस खोल्नुहोस् र अभिभाबकको पैसा लुट्नुहोस् । ज्ञान र सीप जेसुकै होस् विद्यार्थीको रंगशाला बनाइदिनुहोस् । शिक्षक र परीक्षक किनिदिनुहोस् । राजनीति र सिस्टमलाई वशमा राख्नुहोस् । अनि सफल प्राज्ञको उपमा थमाइ ठुलो ढुकुटी भएको राष्ट्रिय योजनामा राजनीतिक नियुक्ती लिनुहोस् ।

Comments

comments