एजेन्सी । अमेरिकाको न्यूयोर्कको एउटा कार्यालयमा बोबो नामको एउटा कर्मचारी बिरालो छ ।

उक्त बिरालोले पछिल्लो ९ वर्षदेखि एकदिन पनि छुट्टी नलिइकन एउटा स्टोरमा काम गरिरहेको छ ।

बोबोलाई ९ वर्षअघि स्टोरमै काम गर्ने एक कर्मचारीले लिएर आएका थिए । त्यसयता बोबोले निरन्तर उक्त दोकानको सुरक्षा दिइरहेको छ ।

यो बिरालोले स्टोरको गेटमा बसेर ग्राहकलाई स्वागत गर्ने काम गर्छ । यसले स्टोरमा आउने नियमित ग्राहकलाई चिन्नसक्ने भएको छ । महिला कर्मचारी ऐनी यो बिरालोको हेरचाह गर्छिन् । स्थानीय क्षेत्रमा यो बिरालो चर्चित बनिरहेको छ ।

अर्को कुरा बोबोको आफ्नै सोसल अकाउन्ट इन्स्टाग्राम समेत रहेको छ ।

Comments

comments