काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारबाट ५० दरका नयाँ नोट बजारमा पठाएको छ । गभर्नरका रुपमा डा. चिरञ्जिबी नेपालको हस्ताक्षर रहेको नयाँ नोटमा पुरानो नोटमा भएको चित्र हटाएर नयाँ राखिएको छ ।

नयाँ नोटमा नेपालकै ’हिँउ चितुवा’ को तस्बिर राखिएको छ । पहिलो पटक नेपाली नोटमा प्रमाणित तस्बिर राखिएको राष्ट्र बैंकको दाबी छ ।

पुरानो नोटमा हिमालतिर भेटिने भनिएको ’हिमाली भेडा’ अर्थात थारको तस्बिर राखिएको थियो । तर थार प्रमाणित जनावर होइन । किनभने यो जनावर छ भनिए पनि छ कि छैन कसैलाई थाहा छैन । त्यसैले नयाँ नोटमा यसपाली नेपालमै पाइने हिँउ चितुवा राखिएको बताइएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggगभर्नर डा. चिरञ्जिबी नेपालले एक हजारवाहेक सबै नयाँ नोटमा प्रमाणित जनवारहरु मात्र राखिएको जानकारी दिनुभएको छ । तर अहिलेसम्म १०० को नयाँ नोट मात्र बजार थियो । मंगलबारबाट ५० को पनि थपिएको हो ।

उनले ठूला दरका नोटमा सेक्युरिटिज फिचरहरु राखिए पनि पाँचदेखि ५० सम्मका नोटमा नथपिएको जानकारी दिनुभयो ।

Comments