टोक्यो । जापानको एउटा बुलेट ट्रेनमा सर्प आतंक भएपछि आकस्मिक रुपमा रोकिएको छ । तोकाइदो लाइनमा चल्ने बुलेट ट्रेनको सिटमा सोमवार सर्प देखेपछि ट्रेनलाई आकस्मिक रुपमा रोक्नपरेको हो ।

ट्रेनका यात्रुले दुईवटा सीटको बीचको खाली ठाउँमा झण्डै ३० सेन्टीमिटर लामो सर्पलाई देखेका थिए । टोक्योबाट हिरोशिमाका लागि छुटेको उक्त बुलेट ट्रेनमा सर्प देखिएपछि शिजोओकामा आकस्मिक रुपमा रोकेको थियो । ट्रेन रोकेर प्रहरीलाई बोलाई उक्त सर्प समात्न लगाइएको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia? Just Click Here.

twggट्रेनमा सवार यात्रुहरुमा सर्प आतंक बढे पनि खैरो रंगको उक्त सर्प विषालु नरहेको पुष्टि भएको छ । सर्पका कारण कुनै दुर्घट्ना नभएको एनएचके टेलिभिजनले जनाएको छ । एनएचकेका अनुसार उक्त सर्प कसैले घरमा पालेको हुनसक्ने जनाएको छ । ट्रेनका कर्मचारीहरुले उक्त सर्प कसको भन्दै उद्घोषण मार्फत सोधपुछ गरे पनि कसैले दाबी भने नगरेको जनाएको छ । यसबारेमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

पाँच वर्ष अघि पनि जापानको ट्रेनमा झण्डै एकमिटर लामो विषरहित सर्प भेटिएपछि आतंक बढेको थियो ।

Comments