मेलबर्न । अष्ट्रेलिया सरकारले गत शुक्रवार अप्रवासीका अभिभावकहरुलाई पाँच वर्षे टेम्पोररी स्पोन्सरसीप भीसा दिने घोषणा गरेको थियो ।

भारतीय र नेपालीहरुले विगत लामो समयदेखि यस्तो भीसाको माग गर्दै आएका थिए । त्यसैले सरकारको पछिल्लो घोषणाले उनीहरुमा उत्साह र खुशी छाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

तर यसरी टेम्पोररी स्पोन्सरसीप भीसा पाउँन पनि विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्नेछ ।

विशेष गरि अभिभावकहरुले पूरा गर्नुपर्ने पाँच बूँदाहरु यस प्रकार छन् :

१.अष्ट्रेलियाको भीसाका लागि प्रक्रिया बढउँन चाहने अभिभावकहरुले सबैभन्दा पहिले स्वास्थ्य विमा गराउँनुपर्दछ । यस्तै अभिभावकहरुलाई भीसा स्पोन्सर गराउँन चाहने छोराछोरीहरुले आफ्नो आर्थिक अवस्था मजबुत भएको प्रमाण देखाउँनुपर्नेछ । यसको मूख्य उदेश्य मुलुकको स्वास्थ्य प्रणालीलाई थप आर्थिक भार हुनबाट जोगाउँनु हो ।

२.यो नयाँ भीसा पाउँन यो वर्षको अन्त्यसम्म कुर्नैपर्छ । किनभने सन् २०१७ को जुलाईबाट मात्र यो कार्यान्वयनमा आउँनेछ ।

३ यो भीसा अष्ट्रेलियाको वैधानिक नागरिकता लिएका,पीआर भएका र न्यूजिल्याण्डका नागरिकका अभिभावकहरुले मात्र पाउँनेछन् ।

४ यो भीसाका लागि कति शुल्क लाग्छ भनेर अहिलेसम्म तय भैसकेको छैन । तर अहिले विद्यमान शुल्क भन्दा निकै सस्तो पर्ने सरकारले जनाएको छ ।

५ यो भीसा प्रणाली कार्यान्वयनमा ल्याउँनुभन्दा अघि समुदायकको नेतृत्व र सरोकारवालाहरुसँग आवश्यक छलफल,सल्लाह गरि राय सुझाव संकलन गरिनेछ ।

Comments

comments