मेलबर्न । मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अष्ट्रेलियाबाट १० लाख रुपैयाँ संकलन भएको छ ।

नेपालको सडकपेटीमा कष्टकर जीवनयापन गर्दै आएका सडक बालबालिकाहरुको पुनस्थापना अभियानमा क्रियाशील मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अष्ट्रेलियामा बस्ने नेपालीले धान्याचल लगाएर रकम सङ्कलन गरेका हुन् । गोरखा समाज अष्ट्रेलिया परिवारले आयोजना गरेको धान्याचलबाट १० लाख रकम सङ्कलन भएको हो ।

सो रकम मानव सेवा आश्रमलाई प्रदान गरिने गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष ध्रुव पोखरेलले बताउँनुभयो । सो श्रीमद् भागवत ज्ञान महायज्ञमा कथा वाचन युवावाचक दीनबन्धु पोखरेलले गर्नुभएको थियो ।

twgg-advertiseआश्रमले गोरखा जिल्लामा गर्न लागेको सेवा विस्तारका लागि सहयोग रहम संकलन अभियान थालिएको हो । ३० जना असहाय राख्न सकिने क्षमताको आश्रमका लागि अनुमानित लागत २४ लाख रुपैयाँ लाग्ने बताइएको छ । गोरखा सँगसँगै लमजुङ, वीरगन्ज र ललितपुर जिल्लामा दसैँ तिहारलगत्तै आश्रमको सेवा विस्तार गर्ने तयारी छ ।

हाल मकवानपुर, चितवन र काठमाडौँमा कार्यालय स्थापना गरिसकेको आश्रमले सडकपेटीबाट ४०० बालबालिकाको उद्धार गरेको छ भने १०० जनालाई परिवारमा मिलन गराइसकेको छ ।

Comments

comments