आज २०औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक अगष्ट ९ का दिन मनाइने यो दिवस आज विश्वभरका आदिवासी जनजातिहरुले मनाउने गर्दछन । नेपालमा नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा यो दिवस साताव्यापी कार्यक्रमका साथ मनाउँदै आएको छ ।  आज महासंघले एक समारोहबीच दिवस मनाउँदै छ । बिहान ११ बजे शान्तिवाटिकाबाट विभिन्न संस्कृति र पहिचान झल्कने झाँकीसहित ¥याली निस्किने छ भने खुल्लामञ्चमा मूलसमारोहको आयोजना गरिएको जनजाति महासंघले जनाएको छ ।

आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीय संविधान भन्ने मूल नाराका साथ मनाउन लागेको विश्व आदिवासी दिवसमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने जनाएको छ । यसपटक विश्व आदिवासी दिवसको दोस्रो दशक समाप्ति पनि हो ।

Comments

comments