गत शनिबार सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन अवरुद्ध भएपछि लोडसेडिङको समय बढाएको छ ।

आज शनिबारदेखि लागू हुनेगरी सातामा अब ६० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पहिरोले ५७ मेगावाट विद्युत उत्पादन हुने सुनकोसी जलविद्युत केन्द्रको ड्याममा क्षति पु¥यापछि त्यहाँबाट उत्पादन हुने विद्युत ठप्प छ । यसैगरी कुसाहा कटैया लाइनको कण्डक्टर परिवर्तन गर्नुपर्ने भएकोले पनि लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

आजदेखि सातामा तीन दिन बिहान र बेलुकी गरेर ९–९ घण्टा, दुई दिन साँढे ७ घण्टा, एकदिन १० घण्टा र एकदिन साढे ८ घण्टा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

Comments

comments