काठमाडौं । समर लभ र साया उपन्यासका लेखक लेखक सुबिन भट्टराई नयाँ उपन्यास मनसुन लिएर फेरि पाठकहरु माझ आएका छन् ।

उनको नयाँ कृति ‘मनसुन’को शनिवार प्रज्ञाप्रतिष्ठानमा विमोचन सम्पन्न भयो । पुस्तकको विमोचन गायक प्रमोद खेरल र लेखकले सँयुक्त रुपमा गरेका थिए ।

मनसुन सम्झाउने झरी लगत्तै सुरु भएको कार्यक्रममा गायक खरेलले ‘मबिना कसैकसैलाई मुश्किल छ पोखरामा’, झुम्कावाली’जस्ता लोकप्रिय गीतहरु सुनाएर विमोचनमा सहभागी युवाहरुलाई मुग्ध बनाएका थिए ।

twggखरेलका गीतपछि कार्यक्रम प्रस्तोता सबिना कार्कीले भट्टराईसँग छोटो संवाद गरेकी थिइन् । भट्टराईले मनसुनबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘छिनमै घाम छिनमै पानी, छिनमै बादल छिनमै सफा आकासजस्तै परिवर्तन भइरहने मानिसहरुको प्रेमसम्बन्ध हो यो ।’

भट्टराईको यो चौथौं कृति हो । उनी समाजिक संजालमा सबैभन्दा लोकप्रिय लेखकहरुमध्ये पर्छन् ।

यो उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३१८ राखिएको छ ।

Comments

comments