काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शनिवार बसेको सिनेट बैठकले न्याम्सको नाम मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राख्ने भएको छ।

मनमोहनलगायतका विषयमा तत्काल ठोस निर्णय नगरे डा गोविन्द केसीले १० असोजबाट नवौँ चरणको अनशन सुरु गर्ने घोषणा गरेपछि न्याम्सका सहकुलपतिसमेत रहनुभएका स्वास्थ्यमन्त्री गगन थापाले आकस्मिक रुपमा सिनेट बैठक बोलाउँनुभएको थियो ।

सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई मनमोहन अधिकारी चिकित्सा विज्ञान प्रतिष्ठान बनाएर प्रस्तावित मनमोहन कलेजको सम्पूर्ण स्वामित्व आफूले लिने निर्णय पनि बैठकले गरेको छ।

डा केसीले उठाएका मुद्दामध्ये चिकित्सा शिक्षा विधेयकबारे आइतवार संसद्मा छलफल हुने अन्य मुद्दा पनि सम्बोधन भइरहेको स्वास्थ्यमन्त्री थापाले बताउँनुभयो ।

Comments

comments