मेलबर्न । अष्ट्रेलियाको क्लबका लागि अभ्यास म्याच खेल्न आएका नेपाली किशोर क्रिकेटर सन्दीप लामिछानेको खेल प्रतिभा देखेर सबै प्रभावित भएका छन् ।

वेष्टर्न सबर्बस् डिष्ट्रीक्ट क्रिकेट क्लबका सचिवले सन्दीपको मिलनसारिता र खेल प्रतिभा देखेर क्लबका सबैजना प्रभावित भएको बताए । सन्दीपले अष्ट्रेलिया आएको चौथो दिनमै प्रतिष्ठित क्लबका प्रशिक्षकको समेत मन जितेको उनले बताए ।
सन्दीपलाई क्लबमा अनुबन्ध गराउँन महत्वपूर्ण भूमिका खेलेका म्यानेजिङ इन्चार्ज रिक वायडेले निकै प्रसन्न मुद्रामा भने–सन्दीप असाध्यै रमाइला र फुर्तिला युवा रहेछन् । उनको खेल कौशल र प्रतिभा देखेर हामी आश्चर्यमा परेका छौं ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia.Just Click Here.

twggगत सोमवार मात्र अष्ट्रेलिया आइपुगेका सन्दीप अहिले अष्ट्रेलियाका पूर्व राष्ट्रिय कप्तान माइकल क्लर्कको प्रतिष्ठित क्लबसँग आवद्द रहेर अभ्यास गरिरहेका छन् । उनले देखाएको उत्कृष्ट खेल कौशल देखेर कोच र अफिसियलहरु सबै आश्चर्यमा परेको भन्दै रिकले सन्दीपको प्रशंसा गरे । सन्दीपले प्रदर्शन गरेको खेल कौशलताले क्लबले उनीबाट गरेको अपेक्षा पूरा भएको समेत रिकले बताए । सन्दीपबाट आफू निकै खुशी र सन्तुष्ट रहेको उनका काच तथा तासमेनिया क्लबका पूर्व कप्तान मार्क रेले बताए ।

सन्दीपले शुक्रवार सिड्नी प्रिमियर क्रिकेट सिजनमा वेष्टर्न सबर्बस् क्लबका तर्फबाट खेल्नेछन् । यो १६ वर्षीय सन्दीपको क्रिकेट करियरको लागि नै ऐतिहासिक क्षणको रुपमा रहने स्वयम् उनले बताए ।

Please follow and like us:

Comments