काठमाडौं । गत शनिबार भिक्टोरियाको ग्रिन्सबरुस्थित सडकमा ज्यान गुमाएका नेपाली युवक रमेश श्रेष्ठले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

उनका साथीभाइ र आफन्तहरुले भने श्रेष्ठको सडक दुर्घट्नामा मृत्यु भएको दाबी गर्दै आएका थिए । तर घट्नाक्रमहरुको अनुसन्धानपछि रमेशले आत्महत्या गरेको पुष्टि भएको भिक्टोरिया प्रहरीले जनाएको छ । यसैबीच उनको निधन भएको दुई दिनपछि रमेशको फेसबुक मेसेन्जरमा एक युवतीले प्रत्युत्तर सन्देश पठाएकी छिन् ।

सन्देशमा लेखिएको छ–“Dont be sorry.Just be peaceful.im so sorry i wasnt there for you.I cant even begin to imagine what was happening for you.But the pain now is horrible.I didnÚt even say good bye.Im so sorry you felt that was your only option.I miss you so much. I have so much i want to tell you.But you will never be able to know.Its not fair that you had to leave.Xxx”

आत्महत्या गर्नुभन्दा अघि १५ सेप्टेम्बर बिहीबार राति ११ः२३ बजे रमेशले फेसबुक च्याटमा ती युवतीलाई सन्देश पठाएका थिए । उनले फेसबुक च्याटबाट युवतीलाई माफ गरिदिन लेखेका थिए । तर ती साथीले कुनै जवाफ दिएकी थिइनन् ।
प्रत्यक्षदर्शीहरुले जनाए अनुसार श्रेष्ठ सडकको बीचमा उभिएका थिए । त्यहीबेला आएको तीव्रगतिको गाडीको अगाडि उनी हाम्फालेका थिए ।

श्रेष्ठको परिवारका सदस्य अष्ट्रेलियामा नभएकोले नजिकका आफन्त अनन्त केसीको रोहवरमा शव जिम्मा लगाइएको थियो । भिक्टोरिया रोड एक्सीडेन्ट ईन्स्योरेन्सले कभर गर्ने भएकोले आफन्तजनको स्वीकृतिपछि शवलाई नेपाल पठाउने व्यवस्था मिलाइएको एनआरएन भिक्टोरियाले जनाएको छ ।

काठमाडौंको कोटेश्वरमा घर भएका रमेश सात वर्ष अघि मेलबर्न आएका थिए । तर सात वर्षकोबीचमा उनी एकपटक पनि नेपाल फर्केका थिएनन् ।

Comments

comments