सुमित महर्जनको कप्तानीमा नेपाल एसीसी अण्डर १६ प्रिमियर क्रिकेट प्रतियोगितामा सहभागि हुने भएको छ ।

नेपाल क्रिकट संघले अगस्त १४ देखि २० सम्म मलेसियामा सञ्चालन हुने प्रतियोगिताका लागि हिजो अन्तिम नामावली घोषणा गरेको छ । टिमको उपकप्तानमा आसिफ शेख रहेको छने भने अन्य सदस्यमा प्रनित थापा, सुशान्त सिंह थापा, पवन सर्राफ, जितेन्द्रसिंह ठकुरी, रविन्द्र शाही, रविकुमार शाह र रवि चन्द रहेका छन् । त्यस्तै अन्य खेलाडीमा आशिष पोखरेल, विजय चौधरी, अनिल खरेल, रिजन ढकाल र रोशन अधिकारी रहेका छन् । टिमको मुख्य प्रशिक्षकमा राजु बस्न्यात रहेका छन् ।

यसैवीच अनुसाशनविपरीत काम गरेको भन्दै नेपाली अण्डर १६ राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी कारबाहीमा परेका छन् । प्रशिक्षकले बारम्बार चेतावनी दिए पनि आचरणमा सुधार नआएपछि बन्द प्रशिक्षणमा रहेका १८ मध्ये दुई खेलाडीलाई कारबाही गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

Comments

comments